महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको छ ।
७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर स्थानीय कोष व्यवस्थापन प्रणाली (सुत्र) ४ गते ह्याक भएको थियो ।
सुत्र ह्याकको विषयमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ । नष्ट भएका सबै तथ्याङ्कहरु गत शुक्रबार रिकभर गर्न सफल भएको सह–महालेखा नियन्त्रक रमेशप्रसाद शिवाकोटीले बताए ।
उनले स्थानीय तहको ३९ हजार भौचर नष्ट भएकोमा १७ हजार भौचर पुनः प्रवृष्टि गरिएको बताउँदै अहिले सबै तथ्यांक रिकभर भएपछि सोमबारदेखि सबै स्थानीय तहको हराएको भौचर सिस्टममा देखाउने बताए।
आईसीटी समाचार