कीवर्डहरू -

सुबिसुको नयाँ अफरः इन्टरनेट खरिद गर्दा दामी म्युजिकको प्रिमियर प्याकेज सितैमा

सुबिसुको नयाँ अफरः इन्टरनेट खरिद गर्दा दामी म्युजिकको प्रिमियर प्याकेज सितैमा

सुबिसु केबलनेटले आफ्नो १९ औं वार्षिकउत्सवको अवसरमा सुबिसु अफरच्यूनिटी अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले प्रति महिना मात्र रु १ हजार ४० मा २५ एमबिपिएसको इन्टरनेट र फूल एचडी प्याकेज (२७५ भन्दा बढि च्यानल, ९५  भन्दा बढि एचडी च्यानल) प्राप्त गर्ने छन् । यो अफर १५ महिनाको भुक्तानि गर्दा पाउन सकिने छ ।

त्यसैगरी क्लिएर टिभी प्याकेज (२४५ भन्दा बढि च्यानल, ६५ भन्दा बढि एचडी च्यानल) मात्र रु २२१ मा प्राप्त गर्न सकिने छ । यो १४ महिनाको भुक्तानि गर्दा पाउन सकिन्छ ।

यी दुईवटै प्याकेज खरिद गर्दा ग्राहकहरुले दामी म्युजिकको प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा पाउन सकिने छ । जसमा २० हजार भन्दा बढी नेपाली गीतहरु समावेश छन् ।