कीवर्डहरू -

टेलिकमको नयाँ अफरः नयाँ सिम किन्दा ब्यालेन्ससँगै डाटा, भ्वाइस तथा एसएमएसको सुविधा

टेलिकमको नयाँ अफरः नयाँ सिम किन्दा ब्यालेन्ससँगै डाटा, भ्वाइस तथा एसएमएसको सुविधा

नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड सिमकार्ड खरिद गर्नेको लागि नयाँ अफर ल्याएको छ । यो अफर जनवरी १ अर्थात आउँदो बुधबार देखि लागु हुनेछ ।

नयाँ सिमकार्ड खरिद गर्दा १० रुपैयाँ ब्यालेन्स, ४० मिनेट टक टाइम, ६० एमबी डाटा र २० वटा म्यासेजको सुविधा पाइने छ ।  यो भन्दा अगाडी सिम खरिद गर्दा ५० रुपैयाँ ब्यालेन्स मात्र दिइने गरिएको थियो ।

सिममा उपलब्ध १० रुपैयाँ ब्यालेन्सबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ भने ४० मिनेट टक टाइम र २० वटा एसएमएस एक महिना भित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने छ ।

यो भन्दा अगाडी सिम खरिद गरी एक्टिभ नगरेका ग्राहकले पुस १६ गते वा सो भन्दा पछी एक्टिभेट गरी सुविधा लिन सक्ने टेलिकमले बताएको छ । नयाँ सिमकार्डको मूल्य ९० रुपैयाँ नै कायम गरिएको छ ।