कीवर्डहरू -

सरोज बस्नेतसहित ४० जना फेरि इक्यानमा फर्किए, अध्यक्षले गरे स्वागत

सरोज बस्नेतसहित ४० जना फेरि इक्यानमा फर्किए, अध्यक्षले गरे स्वागत

सरोजकुमार बस्नेतसहित ४० जना शैक्षिक परामर्श व्यवसायीहरु इक्यानमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष विष्णुहरि पाण्डेले सोमबार डिल्लीबजारस्थित इक्यानको कार्यालयमा स्वागत गरेका हुन् ।

पाण्डेले बस्नेतलाई इक्यानको सल्लाहकारको जिम्मेवारी दिइएको प्रमाणपत्र समेत प्रदान गरेका हुन् । साथै अन्य सबै नयाँ सदस्यलाई समेत प्रमाण पत्र वितरण गरिएको हो ।

ठूलो टिमलाई एकैसाथ स्वागत गर्दै अध्यक्ष पाण्डेले अब सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । ‘यो जुट्ने बेला हो, त्यसैले सबै एकैठाउँ उभिनु पर्छ, नीतिगत तहदेखि हरेक काममा एकजुट भएर अगाडि बढ्नुपर्छ,’ अध्यक्ष पाण्डेले भने ।

कार्यक्रममा बोल्दै महासचिव शेषराज भट्टराईले उहाँहरु केही समय भ्याकेसनमा जानु भएको थियो, फेरि फर्किएर घर आउनु भयो भन्दै स्वागत गरेका थियो ।

सरोज बस्नेतले हिजोका दिनमा जे जस्तो गल्ती भए पनि अब आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने बताए । साथै आफूहरुलाई इक्यानले गरेको स्वागतबाट निकै खुसी भएको समेत बताएका छन् ।

उनले आगामी पुस २६ गते हुने साधारण सभामा भव्य बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताए । पेन्सिलमा पनि इरेजर हुन्छ, केही गल्ती भए मेट्नुपर्छ, हामी मानिसले पनि कहिले काँही काम गर्दा गल्ती हुन सक्छ त्यसैबाट पाठ सिकेर अगाडि बढ्ने हो,’ बस्नेतले भने ।