कीवर्डहरू -

इटहरीमा माघ १ देखि प्रदेश स्तरिय \'क्यान इन्फोटेक\' आयोजना हुदै 

इटहरीमा माघ १ देखि प्रदेश स्तरिय \'क्यान इन्फोटेक\' आयोजना हुदै 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ सुनसरीको आयोजना, क्यानमहासंघ प्रदेश नं. १ को सम्योजनमा सुचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी इटहरीमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन गइरहेको छ ।

प्रदेश स्तरीय चौथो संस्करण क्यान इन्फोटेक माघ १ गते देखि ५ गते सम्म इटहरी स्थित जनता स्कुलको खेल मैदानमा आयोजना हुनेछ । २०६३ सालमा स्थापना भएको क्यान महासंघ सुनसरीले जिल्लामा सूचना संचार तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।

नेपालमा सूचणा तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन, उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान सुनसरीका अध्यक्ष विशाल बास्तोलाले बताए ।

यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसंगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि लिएको आयोजकले जानकारी दिएको छ ।

क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द« मुख्य हुने आयोजकले जानकारी दिएका छन ।

सूचना प्रविधि प्रर्दशनीमा क्यानमहासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नया“–नया“ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, रकेट प्रदर्शनी, रोबोटिक्स, इ–वेष्ट म्यानेजमेण्ट, वाइफाइ, इण्टरनेट र लर्निङ सेन्टर, आईटी कलेजका बिद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द« मुख्य हुने आयोजकले जानकारी दिएका छन ।

अपरेटिङ सिष्टम सफ्टवेयर, नेटवर्किङ सोल्यशन, मोबाइल फोन तथा सोलुशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् ।

त्यसैगरी, आर्र्टि्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ ।

गत वर्ष करिब ७५ हजारभन्दा बढीले अवलोकन गरेको यस मेलामा यो वर्ष १ लाखभन्दा बढी अवलोकनकर्ता आउने हामीले अपेक्षा आयोजकको छ । यसैगरी क्यान इन्फोटेक २०२० को बुकिङ्ग समेत खुल्ला गरिएको छ ।

\"\"