कीवर्डहरू -

काठमाडौंमा २ दिने एआई बुट क्याम्प हुदै

काठमाडौंमा २ दिने एआई बुट क्याम्प हुदै

सीएसआइटी एसोसिएनस नेपालले काठमाडौंको सिफल स्थित डियरवाक कम्पेलेक्समा २ दिने एआई बुट क्याम्प आयोजना गर्न लागेको छ । टेकमाइराको सहयोगमा जनवरी ४ र ५ मा यो कार्यक्रम हुदै छ ।

नेपालमा एआईको इकोसिस्टम विकास तथा एआईमा अवसर निर्माण गर्नको लागि यो कार्यक्रमको आयोजना हुदैछ । यो कार्यक्रम बिहान साढे दश बजे देखि दिउँसो चार बजे सम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा खाजा र पानीको पनि व्यवस्था गरिएको छ । यस कार्यक्रममा सहभागी हुनको लागि निश्चित शुल्क कायम गरिएको छ ।

जसमा  सीएसआइटी एसोसिएनस नेपालको सदस्यको लागि ६ सय ५० र अन्यको लागी ७ सय ५० शुल्क तोकिएको छ । एआई बुट क्याम्पमा सहभागी हुने यहाँबाट रजिष्टर गर्न सकिने छ ।