कीवर्डहरू -

नेपाल टेलिकमको फोरजी सबै मोबाइलमा नचल्ने

नेपाल टेलिकमको फोरजी सबै मोबाइलमा नचल्ने

नेपाल टेलिकमले मोबाइल खरिद गर्दा मोबाइलमा कुन कुन ब्यान्डको फ्रिक्वेन्सी चल्छ हरेर मात्र खरिद गर्न आग्रह गरेको छ ।

नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण (स्पेसीफिकेसन) हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ ।

नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज  र ८०० मेगाहर्ज ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ ।

ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ ।

हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भएतापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्रामा छन् । मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नु पर्दछ ।

फोरजीको अधिकतम उपयोगको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ ।

कम्पनीले निकट भविष्यमा २३०० मेगाहर्जमा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यसको उपलब्धता सँगै ग्राहकले फोरजी सेवालाई अझै बढी सहजताका साथ अझ तीब्र गति र गुणस्तरमा सेवा प्राप्त गर्न सक्ने छन् ।

हाल कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ । टेलिकमका फोरजी सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख भन्दा बढी छन् ।