कीवर्डहरू -

एनआइसी एसियाको भिसा कार्डबाट खरिद गर्दा १५ सयसम्म क्यासब्याक

एनआइसी एसियाको भिसा कार्डबाट खरिद गर्दा १५ सयसम्म क्यासब्याक

एन आई सी एशिया बैंक लिमिटेडले आफ्ना समस्त डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकहरुको लागि नयाँ अफर सार्वजनिक गरेको छ । नयाँ बर्ष २०२० को अवसरमा ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म भिसा कार्डमार्फत् खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रु. १५ सय सम्म क्यासव्याक प्राप्त गर्ने छन् ।

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्तगर्न बैंकका डेविट एवं क्रेडिटकार्ड वाहकहरुले सामान वा सेवा खरिदगर्दा न्यूनतम रु. ५ सय तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्नेछ ।

यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।