हुवावेको नेपालको लागि आधिकारिक बितरक कम्पनि हुवावे टेक्नोलोजिज नेपालले क्यान इन्फोटेक २०१८ मा मेट १० प्रो सार्बजनिक गरेको छ । हुवावेको नयाँ मेट १० प्रो कम्पनिको फ्ल्यागशिप स्मार्टफोन हो । कम्पनिले यसको नेपाली मूल्य रु १ लाख ३ हजार ९ सय तोकेको छ ।
६.० इन्चको ठुलो फुलएचडी एमोलेड डिस्प्लेमा उपलब्ध यो फ्ल्यागशिप मोडल फोनमा भिडियो तथा गेमको गज्जबको अनुभव लिन सकिन्छ । साथै यसमा स्मार्टफोनको लागि विश्वकै पहिलो न्युरल नेटवर्क प्रोसेसिंग युनिट(एनपीयु) सहितको एआइ(आर्टिफिसियल इन्टेलिजेन्स) प्रोसेसरको प्रयोग गरिएको कम्पनिले दावी गरेको छ ।
मेट १० प्रोमा नयाँ एआइमा आधारित न्युरल प्रोसेसिङ युनिट सहितको किरिन ९७० प्रोसेसर को प्रयोग भएको छ । यसकारण हुवावेले यो इन्टेलिजेन्ट स्मार्टफोनको निर्माणसँगै नयाँ युगको सुरुवात गरेको छ । २.४ जिएचजेडको ओक्टाकोर प्रोसेसर यसमा रहेको छ । यसका साथै मेटप्रो १० मा ६ जीबी, डीडीआर ४ र्याम रहेको छ र १२८ जीबी इनबिल्ट स्टोरेज रहेको छ ।
कम्पनिले यो फ्ल्यागशिप मोडलमा अल्मुनियम बडी लाई छोडेर ग्लास बडी राखेको छ । मेट १० प्रोमा अगाडी र पछाडी दुवै तर्फ गोरिल्ला ग्लास प्रोटेक्सन रहेको छ । साथमा अहिले यसलाई आइपी ६७ सर्टिफाइड भएका कारण वाटर तथा डस्ट रेसीस्ट्यान्ट फिचर यसमा छ ।
फोनमा क्यामेराको कुरा गर्दा रियरमा यसको डुअल क्यामेरा सेटअप रहेको छ। १२ एमपीको आरजीबि र २० एमपीको मोनोक्रोम सेन्सर रहेको छ । यसमा एफ/१.६ एपर्चर रहेको छ । जसले लो लाइटमा पनि हाई क्वालिटीको फोटो लिन मद्द गर्दछ । साथै सेल्फीको लागि ८ मेगापिक्सेलको क्यामेरा छ ।
हुवावे मेट १० प्रो सीरिज सुपर फास्ट एलटिई कनेक्टिभिटि तथा डाउनलोड स्पिड भएको विश्वको फास्टेस्ट स्मार्ट हो । यसका साथै यो फोनले डुअल फोरजी सिम सपोर्ट गर्द्छ । एन्ड्रोईड ८.० ओरियो अपरेटिङ सिस्टम रहेको यो डीभाइसमा ४००० एमएएच लिथियम पोलिमारको नन् रिमुभेवल ब्याट्री प्याक भएको छ।
हुवावेको यो नयाँ फ्ल्यागशिप फोनमा फिन्गरप्रिन्ट,प्रोक्सीमिटि,व्यारोमिटर,एक्सेलेरोमिटर,एम्बियेन्ट लगायतका सेन्सरहरु रहेका छन् ।साथै कनेक्टिभिटीमा डुअल सिम(नानो),वाईफाई बि/जी/एन/एसी ,एनएफसी तथा आइआर ब्लास्टर जस्ता फिचरहरु यसमा रहेको छ । मोका गोल्ड कलरमा नेपाली बजार उपलब्ध हुवावेको यो ह्याण्डसेटले सामसुङ ग्यालेक्सी एस ८ तथा वानप्लस टि जस्ता फोनहरु सँग प्रतिस्पर्धा गर्ने देखिन्छ।