कीवर्डहरू -

आइटी क्षेत्रमा निरन्तर क्रियाशील  ः आइटेक नेपाल 

आइटी क्षेत्रमा निरन्तर क्रियाशील  ः आइटेक नेपाल 

विज्ञान प्रविधिको महत्वपुर्ण पुस्ताको रुपमा सुचना प्रविधि उदाइरहेको छ । नेपालमा पनि सुचना प्रविधिजन्य थुप्रै कामहरु स्थानीयस्तरमै हुन थालेका छन् । यो क्षेत्रमा उद्यमशीलता अपनाउने युवा पुस्ताको लहर नै चलेको छ । यही भिडमा एक कम्पनी, जसले वर्तमान अवस्थामा व्यक्तिगत साथै ठुला संघसंस्थालाई विभिन्न प्रकारका सुचना प्रविधि सम्बन्धी सेवा प्रदान गरिरहेको छ, त्यसको चर्चा गर्दैछौं ।

नेपालको आइटी क्षेत्रमा केही गर्नुपर्छ भन्ने दृढा संकल्पका साथ सञ्चालन भइरहेको कम्पनी हो, आइटेक नेपाल प्रालि । यो कम्पनीले विशेष गरेर अनलाइन रेडियोको सर्भिस दिइरहेको छ । यसको अलावा कम्पनीले वेबसाइट डिजाइन र डेभलपमेन्ट, वेब होस्टिगं, मोबाइल एपल डेभलपममेन्ट, सर्भर म्यानेजमेन्ट लगायतका काम गर्दै आइरहेको छ । कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक जीवन न्यौपाने भन्छन्, ‘नेपालमै पर्याप्त अवसर छ । विज्ञान प्रविधिको विकासले हामीलाई धेरै सम्भावनाहरु दिइरहेका छन् ।’

कम्पनीका संस्थापक एवं प्रबन्ध निर्देशक जीवन न्यौपाने भन्छन्, ‘नेपालमै पर्याप्त अवसर छ । विज्ञान प्रविधिको विकासले हामीलाई धेरै सम्भावनाहरु दिइरहेका छन् ।

कम्पनीको सुरुवाती कथा
हरेक कम्पनीको सुरुवाती कथा निकै चाखलाग्दा हुन्छन् । आइटेक नेपालको प्रसगंमा पनि यो लागु हुन्छ । जीवन सुरुवाती कथा सुनाउदै भन्छन्, ‘म अर्को आइटी कम्पनीमा काम गर्थे, जुन कम्पनीले अन–टाइम स्यालरी नदिने । यो भएपछि काम गर्नका लागि मोटिभेसन भएन । अनि आफै गर्न पाए पनि हने भन्ने चै लागि रहेको थियो । अनि सुरु भयो मेरो आइटी सेक्टरमा सेल्फ रिसर्च र स्टडी । छोटकरीमा भन्दा चै इखले गर्दा यो कम्पनी सुरु भएको हो ।’


तर, उनी सुचना प्रविधि पृष्ठभुमीका थिएनन् । ‘ तर, सुचना प्रविधिमा सानैदेखि रुची राख्थें । यही कारण मेरो कोर रिसर्च र स्टडी आइटीमा भयो,’ उनले भने, ‘मैले एक कक्षादेखि मास्टर्स पढुन्जेलमा जति ज्ञान पाएको् थिए, त्यसको पुर्ण रुपमा अर्कै बाटो अर्थात् ३/४ महिना जुन गम्भीर भएर सेल्फ स्टडी गरेर त्यो नै जीवनको टर्निग प्वइन्ट बनाए । मेरो दिमागमा मैले गर्न सक्छु र मैले गर्नपर्छ भन्ने कुरा खेलिरह्यो ।’


आफु गैरप्राविधिक भएकै कारण थप अध्ययनशील बन्न प्रेरणा मिलेको उनी बताउछन् । ‘सुरुमा आइटीको स्टाफहरुले सानो कामलाई धेरै दिन लगाउदा मलाई आफैलाई फिल हुन्थ्यो कि म ननआइटी छु भनेर केही चिटिगं भइरहेको छ भन्ने अनि त्यो पिडाले मलाई केही जान्नको लागि स्टडीको मोटिभेट गरिरहन्थ्यो । मैले एक ठाउँमा बसेर ७२ घण्टासम्म निरन्तर काम पनि गरेको छु ।’

\"\"

पार्टनरसिप र सुरुवाती लगानी
यो कम्पनीको स्थापनाको कुरा गर्दा जीवनसहित ३ जना गैरआइटी पृष्ठभुमीका युवा सामेल थिए । जीवनले कम्पनीको कन्सेप्ट सेयर गरे । साथीहरु पनि हौसिए । नभन्दै कम्पनी सुरु भयो । ‘त्यतिबेला ३ जनाले गरेर लगभग १० लाख जति जम्मा भएको थियो । सुरुमा चै पुर्ण रुपमा वेबसाइट डिजाइन डेभलपमेन्टको काम नै सुरु गर्यौं । पछि २ जना पार्टनरले हामीलाई यो फिल्ड स्विट गरेन भनेर छोड्नुभयो । उहाँहरु आफ्नो क्षेत्रमा सेटअप भइसक्नु भएको छ । मैले चै यही फिल्डमा जसरी पनि काम गर्नुपर्छ र म गर्न सक्छु भनेर लागिरहेको छु ।’

एभरेस्ट कास्ट प्रडक्टले आइसिटी इन्नोभेटिभ प्रडक्ट अफ दि इयर २०१७ को अवार्ड पनि जितेको छ । विश्व बजारमा  नेपालको नौलो प्रडक्ट दिने उद्धेश्यले एभरेस्ट कास्ट विभिन्न ४० बढि देशहरुमा प्रयोग भइरहेको छ । यसलाई विश्वकै उतकृष्ट होस्टिङ प्लाटफर्मको विकास गर्न लागिरहेका छौ । यसैगरी अन्य केहि महत्पुर्ण प्रोडक्टहरुमा पनि काम गरिरहेका छौ ।

प्रडक्ट र सर्भिस
यस कम्पनीले विशेष गरी नेपाली साना ठुला मिडिया हाउसहरुलाईै नै सर्भिस दिइरहेको छ, विशेष गरी रेडियो स्टेसनहरु । अहिले पनि नेपालका ७५ जिल्लाका ३ सय बढी रेडियोहरुलाई अनलाइन रेडियोको सर्भिस दिइएको छ । आइटेकले निश्चित क्षेत्रमा मात्र सुन्न सकिने रेडियोहरुको प्रसारण क्षमतालाई विश्वव्यापी बनाउन सहयोग गरेको छ । त्यसको अलावा वेबसाइट डिजाइन डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, वेब होस्टिग लगायतका सर्भिस दिइएको छ । ‘

पछिल्लो समय हामीले विश्वबजारलाई मध्यनजर गरेर एभरेस्ट कास्ट भन्ने इन्टरनेट रेडियो होस्टिगं कन्ट्रोल प्यानल डेभलप गरेका छौं, उनले भने । एभरेस्ट कास्ट प्रडक्टले आइसिटी इन्नोभेटिभ प्रडक्ट अफ दि इयर २०१७ को अवार्ड पनि जितेको थियो ।


त्यस्तै यो कम्पनीसग डिजिटल नेपाल एन्ड नेपाली कलर, रेडियो रिपोर्टर, नेपाली एफएम रेडियो जस्ता एन्डोइड एपहरु छन् भने यति नेटवर्क भन्ने एड डिस्टिब्युसन प्लाटफर्म पनि डेभलप गरिएको छ । अहिले कम्पनिले भिडियो स्ट्रिमिंग प्लाटफर्ममा कम्पनीले काम गरिरहेको छ । केही प्रडक्टहरु बजारमा आइसकेका छन् भने केही नयाँ अरु प्रडक्ट डेभलपमेन्टकै चरणमा छन् । केहि महत्वकंशी आइडिया तथा प्रडक्टहरु विभिन्न कारणले सफल नभएका उदाहरण पनि छन् - आइटेकसंग ।

कस्ता चुनौतीहरु छन् ?
नेपालमा अझै आइटी चेतनाको कमी छ । सरकारले अहिलेसम्म जतिसुकै ई–गभर्मेन्टको कुरा गरे पनि कुरामा मात्रै छ व्यवहारमा त्यस्तो देखिदैन । ‘हामी सुचना प्रविधिको कुरा गर्दा नेपाल सरकारको नीति पनि अहिले नै निकै चुनौती रहेको छ । खासगरी इन्टरनेन्शनल पेमेन्टको गेटवे्को ।

हामीले विश्वबजारमा बिक्न सक्ने प्रडक्ट डेभलप गरेर पनि त्यो ठाउसम्म पुर्याउन समस्या भयरहेको छ । अर्को टेक फिल्डमा काम गर्ने कतिपय कम्पनी अनि त्यस्तै गरेर फ्रिलान्सरहरुले क्लाइन्टहरुलाई टेक्निकल्ली चिटिगं गरेका छन् जसले आइटी कम्पनी जसले रिलायबल सर्भिस दिन्छन् उनीहरुलाई क्लाइन्ट कन्भिन्स गर्न चै अलि बढी नै होमवर्क गर्नपर्ने हुन्छ’, उनले भने ।

\"\"

भविष्यमा कम्पनीका योजना
यो कम्पनीले मुख्य गरी आफ्ना क्लाइन्टहरुको सन्तुष्टिलाई नै प्राथमिकता दिइरहेको छ । विश्व बजारमा  नेपालको नौलो प्रडक्ट दिने उद्धेश्यले एभरेस्ट कास्ट विभिन्न ४० बढि देशहरुमा प्रयोग भइरहेको छ । यसलाई विश्वकै उतकृष्ट होस्टिङ प्लाटफर्मको विकास गर्न लागिरहेका छौ । यसैगरी अन्य केहि महत्पुर्ण प्रोडक्टहरुमा पनि काम गरिरहेका छौ ।


पछिल्लो समयमा सुचना प्रविधि क्षेत्रमा आउन चाहने धेरै युवाहरु छन् । तर सबै सफल भने भइरहेका छैनन् । जीवन न्यौपाने भन्छन्, ‘पहिलो कुरा भनेको हामीसँग एउटा म सक्छु (आइ क्यान डु) भन्ने एटिच्युड चाहिन्छ । बाहिरबाट हेर्दा सबै सजिलो देखिन्छ तर भित्र छिरेपछि यहाँ धेरै कुराहरु आउछन् ।

के गर्ने, मार्केट कस्तो छ,  कसरी काम गर्नै भनेर एउटा उपयुक्त योजना ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘सबैभन्दा ठुलो कुरा भनेको लगनशीलता हो । आइटी सेक्टरमा एक महिना चुप्प लागेर बस्नुभयो भने टेक्नोलोजीमा धेरै पछाडि परिन्छ त्यसैले ग्लोबल टेन्डमा आफुलाई अब्बल राख्न अप टु डेट भइरहनुपर्छ ।’