कीवर्डहरू -

सीटीसी मलको पाँचौँ तल्लामा ओपोको कस्टमर केयर सर्भिस सेन्टर

सीटीसी मलको पाँचौँ तल्लामा ओपोको कस्टमर केयर सर्भिस सेन्टर

काठमाडौंको सुन्धारा स्थित ओपोले सीटीसी मलको पाँचौँ तल्लामा कस्टमर केयर सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यो सेन्टर आईतबारदेखि शुक्रबार सम्म विहान १० बजेदेखि बेलुकी ६ बजे सम्म खुल्ला रहने छ ।

उपभोक्ताको सहजताका लागि कम्पनीले टोल फ्रि नम्बर १६६००१८८८८६ पनि सञ्चालनमा ल्याएको छ । ओपो मोबाइल सम्बन्धि आफ्ना समस्याका समाधान तथा जिज्ञासाको समाधान यस नम्बरबाट पनी पाउन सकिने छ ।

त्यस्तै उपभोक्ताले आफ्ना समस्या तथा जिज्ञासाका लागि ९८०८१३०४१७ र ९८५१२१०६२३ मार्फतपनि सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन् ।

कस्टमर केयर सर्भिस सेन्टरको समुद्घाटन ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओ र टेलीसेल प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार अग्रवालले संयुक्तरुपमा गरेका थिए ।

उद्घाटन समारोहमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबीले भने, ‘उपभोक्ताहरु हाम्रा उत्पादन मार्फत पूर्णरुपमा सन्तुष्ट होउन् भन्ने हाम्रो चाहना हो ।

उपभोक्ताको समग्र सन्तुष्टि हाम्रो प्रमुख लक्ष्य हो । तसर्थ, हामी उत्पादनको विक्रि संख्यामा मात्र केन्द्रित नभइ तिनको विक्रि पछिको सेवामा समेत उत्तिकै ध्यान दिने गर्छौँ ।

काठमाडौंमा सञ्चालनमा ल्याइएको नयाँ सेवा केन्द्र मार्फत हामी आफ्ना उपभोक्ताको सन्तुष्टि र  अनुभवमा थप उत्कृष्टता ल्याउन सक्षम हुने हाम्रो विश्वास छ ।’