कीवर्डहरू -

वीरगंजमा माघ ९ देखि प्रदेश स्तरिय क्यान इन्फोटेक हुदै

देश २ को संयोजकत्वमा प्रदेश स्तरिय सुचना, प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी

वीरगंजमा माघ ९ देखि प्रदेश स्तरिय क्यान इन्फोटेक हुदै

वीरगंज , पुष २० - कम्प्युटर एसोसिएसन नेपाल महासंघ ( क्यान ) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश को संयोजकत्वमा प्रदेश स्तरिय सुचना , प्रबिधि र सञ्चारको ब्यापकतालाई समेट्ने गरी वीरगंजमा ५ दिने सूचना प्रविधि प्रर्दशनी क्यान इन्फोटेक २०२० आयोजना हुन गइरहेको छ ।

प्रदेश स्तरीय दोस्रो संस्करण क्यान इन्फोटेक माघ ९ , १० , ११ गरि पाच दिन १३ गते सम्म वीरगंजस्थित नगरसभा गृह ( टाउन हल ) मा आयोजना हुनेछ । दशक पहिला स्थापना भएको क्यान महासंघ पर्साले जिल्लामा सूचना स ंचार तथा प्रविधि सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि ( आईसीटी ) बारे चेतना बढाउन , उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए ।



नेपालमा सूचना तथा सञ्चार प्रविधि ( आईसीटी ) बारे चेतना बढाउन , उद्योग तथा उद्यमीहरुको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेक २०२० को आयोजना गरिन लागेको क्यान पर्साका अध्यक्ष दिपक साहले बताए ।

यसले व्यवसायी तथा ग्राहकका लागि अन्तक्र्रियाको एक प्लाटफर्म सिर्जना गर्ने छ । ग्राहकसंगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरु वीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि लिएको आयोजकले जानकारी दिएको छ ।

क्यान इन्फोटेक २०२० मा आइसिटी एक्ससरिज , गेम पार्लर , प्रडक्ट लञ्चिङ , रकेट प्रदर्शनी , रोबोटिक्स , वेष्ट म्यानेजमेण्ट , वाइफाइ , इण्टरनेट र लर्निङ सेन्टर , आईटी कलेजका विद्यार्थीद्वारा निर्माण गरेका प्रोजेक्ट तथा रोजगार केन्द्र मुख्य हुने आयोजकले जानकारी दिएका छन ।

सूचना प्रविधि प्रर्दशनीमा क्यानमहासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ - नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

\"\"

अपरेटिङ सिष्टम सफ्टवेयर , नेटवर्किङ सोल्यशन , मोबाइल फोन तथा सोलुशन , इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स , सेक्युरिटि सोल्युशन , सोलार पावर सिष्टम , इन्भर्टर , युपीएस , ल्यापटप तथा डेस्कटप कम्प्युटर , प्रिण्टर , पावर सिष्टम , कम्प्युटर एक्सेसरिज , एण्टिभाइरस सफ्टवेयर , बैंकिङ सोल्युशन , सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनीमा राखिने छन् ।


त्यसैगरी , आर्र्टि्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी , आईटी कलेज , बैंक , बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर , सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर , सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ ।



त्यसैगरी , आर्र्टि्फिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारी , आईटी कलेज , बैंक , बीमा तथा लेखा सम्बन्धी सफ्टवेयर , सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने  सफ्टवेयर , सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहने जनाइएको छ ।

गत वर्ष करिब २० हजार भन्दा बढीले अवलोकन गरेको यस मेलामा यो वर्ष ५० हजार भन्दा बढी अवलोकनकर्ता आउने हामीले अपेक्षा आयोजकको छ । यसैगरी क्यान इन्फोटेक २०२० को बुकिङ्ग समेत खुल्ला गरिएको छ ।

केन्द्रिय स्तरको क्यान इन्फोटेक तथा प्रदेश र जिल्ला स्तरीय इन्फोटेकको शिर्ष प्रायोजन प्रभु पे , एसोसिएट प्रायोजकमा वल्डलिंक कम्युनिकेशन लिमिटेड , अफिसियल इन्सोरेन्स  प्रभु इन्सोरेन्सले  प्रायोजन गरेको छ । त्यस्तै हाल सम्म प्लाटिनम स्पोन्सरमा डाईनामिक टेक्नोसफ्ट , गोल्ड स्पोन्सरमा ब्रदर र लर्ड बुद्ध एजुकेशन फाउण्डेसन , सिल्भर स्पोन्सरमा एस पावर , भायनेटले प्रायोजन गरेका छन् । भने अफिसियल मिडिया संगठनमा प्रविधि पत्रकार मञ्च ( टिजेएफ ) रहेको छ ।

क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोककुमार चौरसियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्यान महासंघका केन्द्रिय सचिव भुपाल दास श्रेष्ठ , क्यान बाराका जिल्ला अध्यक्ष गणेश ठाकुर , क्यान पर्साका जिल्ला उपाध्यक्ष प्रशान्त कुमार , क्यान पर्साका सचिव जीवन प्रकाश गुप्ता , क्यान पर्साका कोषाध्यक्ष संजय कुर्मी , क्यान बाराका सचिव संजय केशरी , सुरजबाबु पटेल  लगयातको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण आशु कुमार सर्राफले गरेका थिए

\"\"