कीवर्डहरू -

हुवावेको नयाँ फ्ल्यागशिप मोडल मेट १० प्रो

हुवावेको नयाँ फ्ल्यागशिप मोडल मेट १० प्रो

हुवावेको नेपालको लागि आधिकारिक बितरक कम्पनि हुवावे टेक्नोलोजिज नेपालले क्यान इन्फोटेक २०१८ मा मेट १० प्रो सार्बजनिक गरेको छ । हुवावेको नयाँ मेट १० प्रो कम्पनिको फ्ल्यागशिप स्मार्टफोन हो । कम्पनिले यसको नेपाली मूल्य रु १ लाख ३ हजार ९ सय तोकेको छ ।

६.० इन्चको ठुलो फुलएचडी एमोलेड डिस्प्लेमा उपलब्ध यो फ्ल्यागशिप मोडल फोनमा भिडियो तथा गेमको गज्जबको अनुभव लिन सकिन्छ । साथै यसमा स्मार्टफोनको लागि विश्वकै पहिलो न्युरल नेटवर्क प्रोसेसिंग युनिट(एनपीयु) सहितको एआइ(आर्टिफिसियल इन्टेलिजेन्स) प्रोसेसरको प्रयोग गरिएको कम्पनिले दावी गरेको छ ।

मेट १० प्रोमा नयाँ एआइमा आधारित न्युरल प्रोसेसिङ युनिट सहितको किरिन ९७० प्रोसेसर को प्रयोग भएको छ । यसकारण हुवावेले यो इन्टेलिजेन्ट स्मार्टफोनको निर्माणसँगै नयाँ युगको सुरुवात गरेको छ । २.४ जिएचजेडको ओक्टाकोर प्रोसेसर यसमा रहेको छ । यसका साथै मेटप्रो १० मा ६ जीबी, डीडीआर ४ र्याम रहेको छ र १२८ जीबी इनबिल्ट स्टोरेज रहेको छ ।

\"\"

कम्पनिले यो फ्ल्यागशिप मोडलमा अल्मुनियम बडी लाई छोडेर ग्लास बडी राखेको छ । मेट १० प्रोमा अगाडी र पछाडी दुवै तर्फ गोरिल्ला ग्लास प्रोटेक्सन रहेको छ । साथमा अहिले यसलाई आइपी ६७ सर्टिफाइड भएका कारण वाटर तथा डस्ट रेसीस्ट्यान्ट फिचर यसमा  छ ।

फोनमा क्यामेराको कुरा गर्दा रियरमा यसको डुअल क्यामेरा सेटअप रहेको छ। १२ एमपीको आरजीबि र २० एमपीको मोनोक्रोम सेन्सर रहेको छ । यसमा एफ/१.६ एपर्चर रहेको छ । जसले लो लाइटमा पनि हाई क्वालिटीको फोटो लिन मद्द गर्दछ । साथै सेल्फीको लागि ८ मेगापिक्सेलको क्यामेरा छ ।

हुवावे मेट १० प्रो सीरिज सुपर फास्ट एलटिई कनेक्टिभिटि तथा डाउनलोड स्पिड भएको विश्वको फास्टेस्ट स्मार्ट हो । यसका साथै यो फोनले डुअल फोरजी सिम सपोर्ट गर्द्छ । एन्ड्रोईड ८.० ओरियो अपरेटिङ सिस्टम रहेको यो डीभाइसमा ४००० एमएएच लिथियम पोलिमारको नन् रिमुभेवल ब्याट्री प्याक भएको छ।

हुवावेको यो नयाँ फ्ल्यागशिप फोनमा फिन्गरप्रिन्ट,प्रोक्सीमिटि,व्यारोमिटर,एक्सेलेरोमिटर,एम्बियेन्ट  लगायतका सेन्सरहरु रहेका छन् ।साथै कनेक्टिभिटीमा डुअल सिम(नानो),वाईफाई बि/जी/एन/एसी ,एनएफसी तथा आइआर ब्लास्टर जस्ता फिचरहरु यसमा रहेको छ । मोका गोल्ड कलरमा नेपाली  बजार उपलब्ध हुवावेको यो ह्याण्डसेटले सामसुङ ग्यालेक्सी एस ८ तथा वानप्लस टि जस्ता फोनहरु सँग प्रतिस्पर्धा गर्ने देखिन्छ।