कीवर्डहरू -

लोकप्रिय एप टिकटकलाई अमेरिकी सेनाले लगायो प्रतिबन्ध

लोकप्रिय एप टिकटकलाई अमेरिकी सेनाले लगायो प्रतिबन्ध

अमेरिकी सेनाले भिडियो सेरिङ मोबाइल एप टिकटक माथि प्रतिबन्ध लगाएको छ । सुरक्षा खतरा हुने भन्दै अमेरिकी सेनाले यो एपमाथि प्रतिबन्ध लगाएको हो ।

चीनको वाइटडान्स कम्पनीको स्वामित्वमा रहेको टिकटक विश्वभर लोकप्रिय रहेको छ । टिकटक चिनियाँ कम्पनीले निर्माण गरेको मोबाइल एप भएकाले व्यक्तिगत डाटा चीन सरकारको पहुँचमा जाने खतरा रहेको अमेरिकाले बताउदै आएको छ ।

तर टिकटकले भने यसको अस्वीकार गरेको छ । यसअघि अमेरिकी जलसेनाले पनि सरकारी फोनमा टिकटक चलाउन नपाइने नियम लागु गरिसकेको छ ।