कीवर्डहरू -

ओपो, भिभो र साओमीका स्मार्टफोन बिच आपसमा सजिलै फाइल सेयर गर्न सकिने

२० एमबीपीएसको ट्रान्सफर गति

ओपो, भिभो र साओमीका स्मार्टफोन बिच आपसमा सजिलै फाइल सेयर गर्न सकिने

ओपो, भिभो र साओमीका स्मार्टफोनमा एकआपसमा फाइल सेयर गर्न सकिने भएको छ ।

अब ओपो, भिभो र साओमीका स्मार्टफोन प्रयोगकर्ताले एक ब्राण्डबाट अर्को ब्राण्डमा विना कुनै इन्टरनेट तस्विर, भिडियो  लगायत फाइलहरु आदान प्रदान गर्न सक्ने छन् । यो कलर ओएस सेभेनमा आधारित रहेको छ ।

यो सहकार्यमा अन्य एन्ड्रोइड स्मार्टफोन ब्राण्डहरुले पनी सहभागिता जनाउन सक्ने छन् । फरक फरक ब्राण्डका स्मार्टफोनमा फाइल सेयरिङको लागि समस्या रहेको र यही समस्यालाई ध्यानमा राखेर ओपो, भिभो र साओमीले मोबाइल उपकरण विच हाई स्पिड वाईफाई डिरेक्ट ट्रान्स्फर प्राटोकल अन्तर्गत पियर टू पियर सहकार्य गरेका हुन ।

यस सहकार्यले प्रयोगकर्तालाई छिटो तथा सहज फाइल सेयरिङ गर्नेमा सहयोग गर्नेछ । ब्लुटुथ भन्दा छिटो यस प्रविधिले वाईफाई कनेक्टिभिटीमा फाइल ट्रान्सफर सुविधा प्रदान गर्ने कम्पनीले बताएको छ । यस प्रविधिले औसतमा २० एमबीपीएसको ट्रान्सफर गति प्रदान गर्नेछ ।