कीवर्डहरू -

फुडमान्डुको ‘अनलाइन फुड फेस्टिभल २०२०’ हिजोबाट सुरु

फुडमान्डुको ‘अनलाइन फुड फेस्टिभल २०२०’ हिजोबाट सुरु

फुडमान्डुको ‘अनलाइन फुड फेस्टिभल २०२०’ पुस २१ गतेबाट सुरु भएको छ । फुड फेस्टिवलले सहभागीहरुलाई उत्कृष्ट खानाका परिकारहरु, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेम्सको अनुभव प्रदान गर्नेछ ।

यसमा कन्टिनेन्टलदेखि एशियन, भारतीय, नेपाली तथा विश्वभरका व्यन्जनहरुमा भारी छुट दिइएको छ । अनलाइन फुड फेस्टिभलमा ‘सबै रु.१ अफर’ अन्तर्गत फ्ल्याश डिल्सजस्ता लोकप्रिय अफरहरु रहेका छन् ।

फुडमाण्डुले नेपालमै पहिलो पटक अग्मेन्टेड रियालिटी फिचर शुरुवात गरेको छ, जसमा ग्राहकहरुले मोबाइल एपमार्फत सजिलै प्रवेश गर्न सक्नेछन् ।

प्रवेशपछि उनीहरुले भर्चुअल भौचरहरु खोज्नुपर्नेछ र त्यसलाई अर्डरको समयमा उपयोग गर्न सकिने छ । शहरभरीका ३० रेष्टुरेन्टहरुले सातदिने फेस्टिभलमा ग्राहकहरुका लागि विभिन्न किसिमका पाककला प्रदर्शन गर्नेछन् ।