नेपाल टेलिकम र सडक विभाग बिच शहरी क्षेत्र देखि अति दुर्गम स्थानका सडक पुर्वाधार निर्माण गर्ने क्रममा दुवै निकायका बीच आपसी समन्वय तथा सहकार्य गरी सडक निर्माण सहित दुरसञ्चार पुर्वा धार अप्टिकल फाइबर नेटवर्क तयार गर्न आवश्यक कार्य संगसँगै गर्न Memorandum of Understanding (एमओयु) मा हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रममा सडक विभागका तर्फबाट केशब कुमार शर्मा र नेपाल टेलिकमको तर्फबाट डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका हुन् ।
एमओयुमा हस्ताक्षर भएसँगै दीगो दुर सञ्चार पुर्वाधार विकासमा एकीकृत काम मार्फत कम लागतमा सुन्दर बातावरण र दीगो नेटवर्क पुर्वाधार तयार गर्न सहयोग पुग्ने छ |