कीवर्डहरू -

‘क्वीक भुक्तानी’ प्रयोगका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता

‘क्वीक भुक्तानी’ प्रयोगका लागि लक्ष्मी बैंक र एफवान सफ्टबीच सम्झौता

लक्ष्मी बैंक  लिमिटेड र एफवान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडबीच इन्भ्वाइस डिस्काउन्टिङ सेवाको लागि ‘क्वीक भुक्तानी’ प्लाटफर्म प्रयोग गर्न सम्झौता भएको छ ।

‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन भ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ  प्लाटफर्म युके एड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो ।

सम्झौता अनुसार, लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत् रिभर्स फ्याक्टरिङ मोडलमा इन भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउने छ भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्नेछ ।

‘क्वीक भुक्तानी’ यस्तो अनलाइन प्लेटफर्म हो । जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता सप्लायरहरु, सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ ।

सप्लायरले यो प्लाटफर्म प्रयोग गरी आपूर्ति गरिएको सामान र सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ । त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्पुर्ण रकम क्रेता कम्पनीबाट प्राप्त गर्ने सकिनेछ ।

अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सर्वाधिक र लाभदायक हुने विश्वास लिइएको छ ।