कीवर्डहरू -

बजारमा नयाँ एन्टिभाइरस ‘वार्डविज’

बजारमा नयाँ एन्टिभाइरस ‘वार्डविज’

“सेक्युर योर डिजिटल लाइफस्टाइल विथ वार्डविज” भन्ने नारा सहित मालवेयर, भाइरस, एडवेयर, रुटकिट तथा अन्य मालवेयरबाट सुरक्षित रहन वार्डविज एन्टीभाइरस नेपाली बजारमा उपलब्ध भएको छ ।

वार्डविज एसेन्सियल प्लस प्याकेजमा डेटा, र्यानसमवेयर, ब्लक फिसिब साइट तथा साइबर थ्रेटबाट सुरक्षित गर्ने जस्ता सुविधा छन् ।

यो एन्टीभाइरस बेसिक, एसेनसियल र एसेनसियल प्लस प्याकेजमा उपलब्ध रहेको छ । बेसिक प्याकेजमा अटोरन प्रोटेक्सन, अटो यूएसबी स्क्यान, डाटा प्रोटेक्सन जस्ता सुविधा पाइनेछन् । त्यसैगरी वार्डविज एसेन्सियल प्याकेजमा सक्युरिटी, पर्फ़र्मेन्स बुस्टर, डेटा इन्क्रिप्सन, स्क्यान तथा अन्य सुविधा छन् ।

वार्डविज एसेन्सियल प्लस प्याकेजमा डेटा, र्यानसमवेयर, ब्लक फिसिब साइट तथा साइबर थ्रेटबाट सुरक्षित गर्ने जस्ता सुविधा छन् ।

नेपाली बजारमा म्याजिक भिजन प्रालीले यसको विक्री वितरण गरिरहेको छ । यो एन्टीभाइरस ई–सेवाबाट पनि खरिद गर्न सकिनेछ ।