कीवर्डहरू -

विश्वको ठुलो प्रविधि प्रदर्शनीमा एआई टुथब्रस देखि नदेखिने क्यामेरा भएको मोबाइलसम्म

विश्वको ठुलो प्रविधि प्रदर्शनीमा एआई टुथब्रस देखि नदेखिने क्यामेरा भएको मोबाइलसम्म

विश्वको ठुलो प्रविधि प्रदर्शनी कन्जुमर इलेक्ट्रोनिक शो (सीईएस) सुरु भइसकेको छ । अमेरिकामा भइरहेको ‘सीईइस २०२०’ जनवरी ७ देखि १० सम्म चल्ने छ ।

यस शोमा यस पटक पनी नयाँ नयाँ प्रविधि सार्वजनिक तथा घोषणा भएका छन् । कन्जुमर इलेक्ट्रोनिक शो (सीईएस) जारी रहेकाले अझै नयाँ नयाँ प्रविधिहरु सार्वजनिक तथा घोषणा हुनेछन् । हामीले सार्वजनिक तथा घोषणा भएका केही प्रविधिहरु जानकारी दिदै छौ ।

वानप्लस (कन्सेप्ट वान)

\"\"

कन्जुमर इलेक्ट्रोनिक शोमा वानप्लसले कन्सेप्ट वान (मिकल्यारेन इडिसन) मोबाइल सार्वजनिक गरेको छ । यसमा पछाडीपट्टी इनभिजिबल अर्थात नदेखिने क्यामेरा रहेको छ । मिकल्यारेन प्रविधि पनि यस फोनमा समावेश भएको छ ।

सामसुङको बली रोबोट

\"\"

यस्तै समासुङले ‘बली’ नामक रोबोट प्रदर्शनी गरेको छ । आर्टीफिसियल इन्टेलिजेन्समा आधारित रहेको यो बल जस्तै छ । यो घरको अगाडी पछाडी घुमी रहने छ । यसमा क्यामेरा पनि जडान गरिएको छ । सामसुङको भनाई अनुसार स्मार्टहोम कन्ट्रोल गर्नेमा यसले मद्दत गर्ने छ ।

निओन

\"\"

यसैगरी सामसुङले सार्वजनिक गरेको ‘नियोन’ आर्टीफिसयल इन्टेलिजेन्समा आधारित एउटा मानव हो ।

लेनोभोको थिंकप्याड एक्सवान फोल्ड ल्याप्टप

\"\"

उक्त शोमा लेनोभोले ‘थिंकप्याड एक्सवान फोल्ड’ ल्याप्टप सार्वजनिक गरेको छ । यसमा ओएलइडी स्क्रीन सहित फोल्डेबल स्क्रीन रहेको छ ।

प्ले स्टेसन ५

\"\"

सोनीले ‘प्ले स्टेसन ५’ को घोषणा गरेको छ । सीईएसमा सोनीले प्ले स्टेसन ५ को लोगो सार्वजनिक गरेको छ । यसमा थ्रीडी अडीयो साउन्ड हाई स्पीड सोलिड स्टेट ड्राइभ (एसएसडी) मिल्ने छ ।

टीसीएल टेन प्रो फोन

\"\"

टीसीएल ले पनि ‘टेन प्रो’ स्मार्टफोन सार्वजनिक गरेको छ । यसमा पछाडीपट्टी चारवटा क्यामेरा रहेको छ ।

मर्सिडीज भिजन एभिटीआर कार

\"\"

सीइएसमा मर्सिडीजले ‘भिजन एभिटीआर’ कार सार्वजनिक गरेको छ ।  जुन अभतार फिल्ममा आधारित छ । अभतार सन् २००९ मा सार्वजनिक भएको मुभी हो । यस कारमा ब्रेथ रेट र हार्ट रेट लिंक गरिएको छ । कारले स्टेरीङमा हात राख्ने बितिकै ब्रेथ रेट र हार्ट रेट थाहा पाएर आफै प्रतिक्रिया जनाउने छ । गाडीको लुक अभतार मुभीको जस्तै छ । जुन अभतारमा जनावरको हुन्छ ।

सोनीको भिजन एस इलेक्ट्रीक कार

\"\"

सोनीले पनि यस शोमा ‘भिजन एस’ इलेक्ट्रीक कार सार्वजनिक गरेको छ । यसमा धेरै सेन्सरहरु जडान गरिएको छ । यसमा ड्राइभरलेस प्यारलल पार्किङ पनि सम्भब रहेको छ । गाडीमा बसेका प्रत्येक व्यक्तीका लागी स्पीकर हुनेछ ।

एआई टुथब्रस

\"\"

कोलगेट र ओरल बीले आर्टीफिसियल इन्टेलिजेन्समा आधारित टुथब्रस सार्वजनिक गरेका छन् । यसमा स्मर्ट डिस्प्ले पनि हुनेछ । जसले ब्रस गर्दा मोटीभेसन र कोचिङ दिनेछ ।

जेम्स

\"\"

सामसुङले यस कार्यक्रममा ‘गेट इनह्यानसिङ तथा मोटीभेटिङ सिस्टम’ (जेम्स) सार्वजनिक गरेको छ । यसले तपाई कसरी उभिनु हुन्छ यसको पोजीसन, कसरी बस्नु हुन्छ लगायत शरीरको अवस्थालाई सही बनाउन मद्दत गर्छ । यसलाई व्यक्तीगत फिटनेस पार्टनरको रुपमा हेर्न सकिन्छ ।

एलजीको स्मार्ट रेफ्रिजेनेरेटर

\"\"

यस्तै एलजीले स्मार्ट रेफ्रिजेनेरेटर पनि सार्वजनिक भएको छ । जसले फ्रिजमा भएका सामानलाई पहिचान गर्न सक्छ । यसले फ्रिजमा यो यो सामान छन् यी खाना बानउन सकिन्छ भनेर पनि सुझाब दिनेछ । यसले फ्रिजमा के के छ के सकिन लाग्यो भनेर पनि जानकारी दिने छ ।

सामसुङ ग्यालेक्सी क्रोमबुक

\"\"

त्यस्तै यसै कार्यक्रममा सामसुङ ग्यालेक्सी क्रोमबुक पनि सार्वजनिक भएको छ । यसमा फोर के ओएलइडी डिस्प्ले रहेको छ । सामसुङले सेरो टीभी पनी सार्वजनिक गरेको छ । जुन फोर के टीभी हो ।

\"\"