कीवर्डहरू -

भारतमा एयरटेल पछी जीओको ‘वाइफाई कलिङ’ सेवा

भारतमा एयरटेल पछी जीओको ‘वाइफाई कलिङ’ सेवा

भारतमा एयरटेल पछी जीओले पनि ‘वाइफाई कलिङको’ सुविधा दिन थालेको छ । यो सुविधा सँगै प्रयोगकर्ताले वाइफाईको माध्यमबाट एचडी क्वालिटीमा कल गर्न सक्ने छन् ।

वाइफाई कलिङ सुरु भएसँगै कुरा गर्दा गर्दै बिचैमा काटिने वा सिग्नलले राम्रो सँग काम नगरेरे काम गर्ने ठाउँमा जानु पर्ने बाध्यता हट्नेछ । वाइफाई कलिङलाई भ्वाइस ओभर वाइफाई पनी भनिन्छ ।

वाइफाई कलिङमा सीमको आवश्यकता पर्दैन यसमा केवल वाइफाईको आवश्यकता पर्दछ । केही समयमा एयरटेल र जीओले पुरै भारतमा वाइफाई कलिङ विस्तार गर्ने योजना अगाडी सारेका छन् ।

वाइफाई कलिङलाई सुरु गर्नको लागि मोबाइलको सेटिङमा गएर वाइफाई कलिङलाई इनेबल गर्न सकिने छ । यदि वाइफाई नभएको ठाउँमा जानु भयो भने अटोमेटिक कल भीओएलटीईमा परिणत हुनेछ ।