कीवर्डहरू -

गूगलका यी ६ असफल प्रडक्ट

गूगलका यी ६ असफल प्रडक्ट

गूगल विश्वको सबैभन्दा धेरै प्रयोग गरिने सर्च इन्जिन हो ।  गूगल सफल भएपनि यसका केही असफल प्रक्टहरु पनि छन् । यी ६ असफल प्रडक्ट जुन आज हामी आज चर्चा गर्दै छौ ।

गूगल ग्लास

अगमेन्टेड रियालिटी (एआर) मा आधारित गूगल ग्लास सन् २०१३ मा सार्वजनिक भएको थियो ।

यसको मूल्य १५ सय डलर तोकिएको थियो । भविष्यलाई ध्यान राखेर निर्माण गरिएको गूगलको यो प्रडक्ट असफल भयो ।

गूगल एन्सर्स

गूगलको यो प्रडक्ट कोरा जस्तै हो । कुनै प्रयोगकर्ताले यसमा  प्रश्न सोधेमा त्यसको उत्तर थाहा पाएका प्रयोगकर्ताले त्यसको उत्तर दिने ।

गूगल एन्सर्समा उत्तर दिने प्रयोगकर्तालाई रिवार्डको पनि व्यवस्था गरिएको थियो । राम्रो अवधारणा हुदा पनि गूगलको यो प्रडक्ट असफल भयो र गूगलले यसलाई बन्द समेत गरिसकेको छ ।

गूगल नेक्सस क्यु

गूगल नेक्सस क्यु मिडिया प्लेयर हो । गूगलले यसलाई सन् २०१२ मा सार्वजनिक गरेको थियो । यसको मूल्य तीनसय डलर तोकेको थियो ।

पछिगएर क्रोम कास्टले यसलाई रिप्लेस गर्यो । किनकी क्रोम कास्ट प्रयोग गर्नमा सजिलो र सस्तो थियो । यो प्रडक्टलाई पनि गूगलले बन्द गरिसकेको छ ।

गूगल बज

गूगल बज ट्विटर जस्तै थियो । यसमा फोटो भिडियो तथा टेक्स्ट सेयर गर्ने सकिन्थ्यो । यसलाई जीमेलको साथ एकीकृत गरिएको थियो । गूगलको यो प्रडक्ट पनि असफल भयो ।

गूगल लाइभ्ली

गूगलले सोसल मिडिया र गेमिङलाई मिक्स गरेर गूगल लाइभ्ली प्रडक्ट सन् २००८ मा सार्वजनिक गरेको थियो ।

जसमा थ्रिडी अवतार देख्न सक्ने सुविधा थियो । सार्वजनिक भएको साढे ४ महिनामै यो प्रडक्ट गूगलले बन्द गरेको थियो ।

गूगल प्लस

गूगलको गूगल प्लसमा पनि अन्य सोसल मिडिया जस्तै फोटो र टेक्स्ट सेयर गर्न सकिने सुविधा थियो । गूगल प्लस सन् २०११ मा सार्वजनिक भएको थियो ।

गूगल प्लसका डाटाहरु चोरी भएको खुलासा भएपछी गूगलले यसलाई बन्द गर्ने घोषणा गरेको थियो । गूगल प्लसलाई गूगलले बन्द गरिसकेको छ ।