कीवर्डहरू -

एन आईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा

एन आईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा

एन आईसी एशिया बैंकको सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा आएको छ । बैंकले ग्राहकहरुलाई गुणस्तरिय बैंकिङ सेवा प्रदान गर्नको लागि वि.सं. २०७१ साल देखि सञ्चालनमा रहेको ग्राहक सपोर्ट सेवालाई  २४ सै घण्टा सञ्चालनमा ल्याएको हो ।

ग्राहकलाई कुनैपनि सहायता आवश्यक परेको खण्डमा एन आईसी एशिया सपोर्ट सेवामा कल गर्न सकिने छ । बैंकले ग्राहकहरुको सेवा सुविधाका लागि गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ ।

यस सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा [email protected] मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिने छ ।