कीवर्डहरू -

शावमीको मि ए १ रेड कलर (स्पेशल इडीसन)नेपालमा सार्बजनिक

शावमीको मि ए १  रेड कलर (स्पेशल इडीसन)नेपालमा सार्बजनिक

शावमीको नेपालको लागि आधिकारिक बिक्रेता वत्सल इम्पेक्सले २०१७ मा शावमीको मि ए १ नेपालमा सार्बजनिक गरेको थियो । शावमीको यो मिड रेन्ज स्मार्टफोन उक्त बर्ष उपभोक्ताहरु माझ धेरै लोकप्रिय बनेको थियो । साथै उक्त ह्याण्ड सेटको अत्याधिक माग भएको थियो । बजारमा बिभिन्न ब्राण्डका स्मार्टफोनहरुको प्रतिस्पर्धा बढी रहेको बेला शावमीको आधिकारिक बिक्रेताले ग्राहकहरुलाई आकर्षित गर्नका लागि स्पेशल ईडीसनको रातो कलरको ह्याण्डसेट बजारमा भित्र्याएको हो  ।

शावमीको स्पेशल ईडीसनको रातो कलरको मि ए १ मा नयाँ कलर भेरिएन्टको अलावा अन्य सम्पूर्ण स्पेसीफिकेशन रेगुलर मि ए १ मा जस्तै रहेको छ । त्यस्तै अहिलेका विभिन्न स्मार्टफोन कम्पनिहरुले रातो कलरको डिभाइस लन्च गर्ने गरेका छन् र सो प्रचलनलाई यो कम्पनिले पनि पछ्याएको छ । शावमी मि ए १ को बिशेषता भनेको यसमा रहेको डुअल क्यामेरा सेटअप हो ।

रेगुलर भर्जनमा झैँ यो स्पेसल रेड ईडीसनमा पनि ५.५ डिस्प्ले रहेको छ,जसमा २.५ डि कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन रहेको छ । ओक्टाकोर क्वालकम स्न्यापड्रागन ६२५ प्रोसेसर रहेको छ । यो स्मार्टफोनमा रियरमा डुअल क्यामेरा र दुवै क्यामेरा १२ एमपीको छ। साथै फ्रन्टमा ५ एमपीको क्यामेरा छ । एन्ड्रोईड ७.१.२ नोगात भर्जनमा चल्ने यो फोनलाई  एन्ड्रोईड ८.० ओरियोमा अपग्रेड गर्न सकिन्छ ।

शावमीको यो स्पेशल रेड इडीसनमा ४ जीबी र्याम तथा ६४ जीबी रोम छ ।साथै यसले १२८ जीबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ,र यसमा ३०८० एमएएचको लिथियम आयनको नन् रिमुभेबल ब्याट्री प्रयोग भएको छ ।