कीवर्डहरू -

उत्कृष्ट १० आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर

मानिसले झैं बुद्धि लगाएर काम गर्न सक्ने प्रविधि नै आर्टिफिसियल इन्टेलिजेन्स हो ।

उत्कृष्ट १० आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर

सामान्यतया भौतिक यन्त्र वा सफ्टवेयरले मानिसले झैं बुद्धि लगाएर काम गर्न सक्ने प्रविधि नै आर्टिफिसियल इन्टेलिजेन्स हो ।

भौतिक वस्तुले मानवीय बुद्धिले जस्तै सृजनशील र चौतर्फी सोच राखेर काम गर्न सक्ने प्रविधि भएकाले यसलाई आजसम्मकै प्रविधिको उच्चतम उपलब्धि मानिएको छ ।

एआई सफ्टवेयरको मुख्य सुविधाहरूमा मेशिन लर्निङ, स्पिच र भ्वाइस रिकग्निशन, भर्चुअल असिस्टेन्ट आदि पर्दछन् ।

एआई प्लेटफर्म, च्याटबट्स, डिप लर्निङ, मेशिन लर्निङ सफ्टवेयर लगायत विभिन्न सफ्टवेयर र सिस्टममार्फत प्रयोगकर्तालाई आवश्यक कार्यक्षमता प्रदान गर्न र व्यापार प्रक्रियालाई धेरै सरल बनाउन सजिलो भएको छ । हामी यस लेखमा विश्व बजारका उत्कृष्ट १० एआई सफ्टवेयरको चर्चा गर्दै छौं:

गुगल क्लाउड मेशिन लर्निङ इन्जिन

यो सर्च जायन्ट गुगलको मसिन लर्निङ फ्रेमवर्क हो, जसको मुख्य काम डेभलपर र डाटा साइन्टिस्टहरुलाई मेशिन लर्निङ मोडल बनाउन र प्रयोगमा ल्याउन गर्न सघाउनु हो ।

क्लाउड एमएल अर्थात् क्लाउड मेशिन इन्जिनद्वारा प्रदान गरिएको कम्पोनेन्टहरूमा गुगल क्लाउड प्लाटफर्म कन्सोल, gcloud/REST एपिआई समावेश छ ।

गुगल क्लाउडले तपाईंको मोडेललाई प्रशिक्षण, विश्लेषण र ट्युन गर्न मद्दत गर्दछ । गुगल क्लाउड प्लेटफर्म कन्सोल एक यूआई इन्टरफेस हो ।

अज्युर मेशिन लर्निङ स्टुडियो

माइक्रोसफ्टले उत्पादन गरेको एआई सफ्टवेयर हो, अज्युर मेशिन लर्निङ स्टुडियो । २०१४ जुनमा लञ्च भएको सफ्टवेयरले तपाईंलाई एक वेब सर्भिसको रूपमा मोडेल डिप्लोय गर्न मद्दत गर्दछ ।

अज्युर पब्लिक क्लाउडमा प्रयोग हुने यो सफ्टवेयरका कारण प्रयोगकर्तालाई छुट्टै सफ्टवेयर र हार्डवेयर किनिरहनु पर्दैन । मेन्टेनेन्स र डिप्लोयमेन्टका लागि पनि तनाव लिइरहनु पर्दैन ।

यो वेब सर्भिस प्लेटफर्म स्वतन्त्र हुनेछ र कुनै पनि डाटा स्रोत प्रयोग गर्न सक्षम हुनेछ । यसले ब्राउजरमा आधारित सोलुशन प्रदान गर्दछ ।

यसको ड्र्याग र ड्रप सुविधाको कारण तपाईंलाई प्रयोग गर्न पनि धेरै सजिलो हुन्छ । तपाईंलाई यसको प्रयोग गर्न कुनै प्रोग्रामिङ स्किल जरुरत पर्दैन । ओपन सोर्स टेक्नोलोजीहरुमा यसलाई इन्टिग्रेट गर्न सकिन्छ ।

टेन्सरफ्लो

यो ओपनसोर्स मेशिन लर्निङ कन्सेप्ट हो जसको डिजाइन र डेभलपमेन्ट गुगलले गरेको हो । न्युमेरिक कम्प्युटेशनल टुलको रुपमा चिनिने यो मेशिन लर्निङ लाइब्रेरी मुख्य रूपमा अनुसन्धान र उत्पादनको लागि उपयोगी छ ।

यो सिपियु, जिपियु, टिपियु, डेस्कटपहरू क्लस्टरहरू मोबाइल र एज डिभाइसहरुमा डिप्लोय गर्न सकिन्छ । लिनक्स, म्याक ओएस, विन्डोज र एन्ड्रोइड जस्ता प्लाटफर्म टेन्सरफ्लोले सपोर्ट गर्दछ ।

ग्राफ र लाइब्रेरी म्यानेजमेन्टका लागि उपयोगी यो सफ्टवेयरको प्रयोग शुरुवातकर्ता र विशेषज्ञ दुवैले सहजै गर्न सक्दछन् ।

एच२० एआई (H20.AI)

एच२० एआई बैकिङ, बीमा, स्वास्थ्य सेवा, मार्केटिङ र र टेलिकमको लागि लक्षित गरी बनाइएको एक ओपनसोर्स प्लाटफर्म हो ।

यो उपकरणले तपाईंलाई प्रोग्रामिङ ल्याङ्ग्वेजहरु, जस्तै– आर पाइथन मोडेल बनाउन र प्रयोग गर्न अनुमति दिन्छ । यो ओपन सोर्स मेशिन लर्निङ उपकरणमा अटो मेशिन फङ्सनालिटी समावेश गरिएको छ भने धेरै अल्गोरिदम यसले सपोर्ट गर्छ ।

यो प्लाटफर्मले विभिन्न स्रोतबाट डाटा निकाल्न छिटो र सहज माध्यमको रुपमा काम गर्दछ ।

कोर्टाना

विन्डोज १० का लागि माइक्रोसफ्टले विकास गरेको कोर्टाना एक भर्चुअल एसिस्टेन्ट हो । यसले रिमाइन्डर, तपाईंको प्रश्नको उत्तर दिने लगायतका धेरै कामहरु गर्छ ।

यसको मुख्य विशेषता भनेकै नेचुरल भ्वाइस सजिलै चिन्दछ । विन्डोजका साथै आइओएस, एन्ड्रोइड, एक्सबक्स ओपरेटिङ सिस्टममा समेत प्रयोग गर्न सकिने कोर्टानाले बिङ सर्च इन्जिन सपोर्ट गर्दछ ।

अंग्रेजी, पोर्तुगाली, फ्रान्सेली, जर्मन, इटालियन, स्पेनिस, चिनियाँ, जापानी लगायतका भाषा कोर्टानाले सपोर्ट गर्दछ । यसमा रहेको भ्वाइस रिकग्निशन फिचरले मानिसको समय बचत गर्दछ ।

स्मरण रहोस्, माइक्रोसफ्टवे सन् २०२० को जनवरी महिनापछि एन्ड्रोइड र आइओएसबाट हटाउने निर्णय गरेको छ ।

आइबिएम वाट्सन

आइबिएम वाट्सन प्रश्नको उत्तर दिने एउटा सिस्टम हो । यसले अपाचे हडुप फ्रेमवर्कको सहयोगमा SUSE Linux Enterprise Server 11 OS सपोर्ट गर्दछ ।

जब तपाईं आफ्नो मोडललाई वाट्सनसँग प्रशिक्षण दिनुहुन्छ, यसले वास्तविक अवधारणाहरूलाई गहिरो रूपमा बुझ्दछ । यसले डिस्ट्रिब्युटेड कम्प्युटिङ सपोर्ट गर्दछ ।

एक्जिस्टिङ टुलमै यसले काम गर्न सक्छ । एप्लिकेशन डेभलपमेन्टका लागि एपिआई प्रदान गनै यो प्लाटफर्म उपयोगी छ । थोरै डाटाबाट पनि यसले सिक्न सक्दछ ।

रोबस्ट सिस्टम रहेको यसले बिजनेश प्रोसेसलाई स्मार्टर बनाउन सघाउँछ ।

सेल्सफोर्स आइन्सटाइन

कस्टमर रिलेशनसिप म्यानेजमेन्ट सिस्टमको रुपमा सेल्सफोर्स आइन्सटाइन चिनिन्छ । यो स्मार्ट सिआरएम सिस्टम सेल्स, मार्केटिङ, कम्युनिटी, एनलाइटिक्स र कमर्शका लागि उपयोगी छ ।

यसले विभिन्न अवसरका बारेमा प्रयोगकर्तालाई जानकारी दिन्छ । यसले नयाँ कन्ट्याक्ट एड गर्दै डाटा क्याप्चर गर्छ र विभिन्न अवसरहरुलाई प्राथमिकताका आधारमा अघि ल्याउन सहयोग गर्दछ ।

यो सफ्टवेयरले उत्कृष्ट प्रडक्ट छनौट गर्न सुझाव दिन्छ । इमेज रिकग्निशन र अन्य सुविधा पनि यसमा छ ।

इन्फोसिस निया (Infosays Nia)

इन्फोसिस नियाले इन्टरप्राइजका जटिल कामहरुलाई सजिलो तरिकाले गर्न सहयोग गर्दछ । यसमा ३ ओटा कम्पोनेन्टहरु हुन्छन्, डाटा प्लेटफर्म, नलेज प्लेटफर्म र अटोमेशन प्लेटफर्म ।

यसले बिजनेशको सिस्टम र प्रोसेसलाई सुधार्न र सजिलो बनाउन सघाउ पु¥याउँछ । कन्भरसेशनल इन्टरफेस रहेको इन्फोसिस नियाले बिजनेशमा दोहोरिने कामहरुलाई सफ्टवेयरमार्फत अटोमेशन गर्ने गर्दछ ।

यसले च्याटबट, एड्भान्स मेशिन लर्निङ र बिजनेश एप्लिकेशन प्रदान गर्दछ । विभिन्न प्रक्रिया र सिस्टममार्फत नलेज क्याप्चर गर्न यसले सघाउँछ ।

अमेजन एलेक्जा

यो कोर्टना जस्तै भर्चुअल एसिस्टेन्ट हो । यसले अंग्रेजी, फ्रेन्च, जर्मन, जापानिज, इटालियन, स्पेनिस लगायतका भाषा सपोर्ट गर्दछ ।

यो तपाईंले प्रयोग गरिरहेको एलेक्जा भ्वाइस सर्भिससँग इन्टिग्रेट गर्न सकिन्छ । यो क्लाउड बेस्ड सर्भिस हो । यो क्यामेरा, लाइट र मनोरञ्जनका विभिन्न सिस्टमहरुसँग कनेक्ट गर्न सकिन्छ ।

लाखौं डिभाइसहरुमा प्रयोग गर्न सकिने अमेजन एलेक्जाले बढीभन्दा बढी एलेक्जा ग्याजेट निर्माण गर्न सहयोग गर्दछ ।

गुगल एसिस्टेन्ट

यो गुगलले विकास गरेको भर्चुअल एसिस्टेन्ट हो । यो मोबाइल र स्मार्ट होम डिभाइसहरुमा प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड, आइओएस, काइओएस लगायतका अपरेटिङ सिस्टममा यसले सपोर्ट गर्ने गर्छ ।

त्यस्तै गुगल एसिस्टेन्टले अंग्रेजी, हिन्दी, इन्डोनेसियन, फ्रेन्च, जर्मन, इटालियन, जापानिज, कोरियन, पोर्चुगिज, स्पेनिस, डच, रसियन र स्विडिस भाषा सपोर्ट गर्छ ।

यसले दुईतर्फी कुराकानी सपोर्ट गर्छ । इन्टरनेटमा सूचना खोज्न, इभेन्ट सेड्युल गर्न, अलार्म सेट गर्न, डिभाइसमा हार्डवेयर सेट गर्न, गुगल एकाउन्ट डिस्प्ले डिस्प्ले गर्न यसले सघाउ पुर्याउँछ ।