कीवर्डहरू -

लेनोभोले सार्वजनिक गर्यो विश्वकै पहिलो फाइभ जी ल्याप्टप, जसले २४ घण्टा ब्याट्री ब्याकअप दिने

लेनोभोले सार्वजनिक गर्यो विश्वकै पहिलो फाइभ जी ल्याप्टप, जसले २४ घण्टा ब्याट्री ब्याकअप दिने

लेनोभोले अमेरिकाको लस भेगसमा भएको कन्जुमर इलेक्ट्रोनिक शो (शीईएस) २०२० मा विश्वकै पहिलो फाइभ जी ल्याप्टप प्रदर्शनी गरेको छ ।

‘लेनोभो योगा फाइभ जी’ नाम दिइएको यस ल्याप्टपमा फाइभ जी नेटवर्क प्रयोग गर्न सकिने छ । विन्डोजन टेन अपरेटिङ सिस्टममा आधारित योगा फाइभ जीमा ८ जीबीको र्याम रहेको छ ।

१४ इन्चको डिस्प्ले रहेको लेनोभोको ल्याप्टपमा क्वालकमको स्न्यापड्रयागन एटसीएक्स प्रोसेसर प्रयोग गरिएको छ । लेनोभोका अनुसार यसले प्रति सेकेण्ड चार जीबीको गतिमा फाइल डाउनलोड गर्न अनुमति दिनेछ

यस ल्याप्टपले २४ घण्टा ब्याट्री ब्याकप दिने लेनोभोले जानकारी दिएको छ । यो ल्याटप अरु योगा ल्याप्टप जस्तै अल्ट्रा पोर्टेबल टु इन वान डिभाइस हो ।

जसलाई ट्याबलेटमा बदल्न पछाडीबाट फोल्ड गर्न सकिन्छ । लेनोभो योगा फाइभ जी अप्रिलबाट बजारमा उपलब्ध हुनेछ ।