कीवर्डहरू -

११ फेब्रुअरीमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइदै

नेपालमै पहिलोपटक सुरक्षित इन्टरनेट दिवस मनाउन सन् २०१९ बाट थालिएको हो ।

११ फेब्रुअरीमा ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइदै

नेपालमा आउँदो ११ फेब्रुअरीमा ‘सेफर इन्टरनेट डे’ मनाइने भएको छ । नेपालमै पहिलोपटक सुरक्षित इन्टरनेट दिवस मनाउन सन् २०१९ बाट थालिएको हो ।

चाइल्ड सेफ नेटले आयोजना गर्ने यो कार्यक्रमको मुख्य उदेश्य भनेको इन्टरनेटलाई सुरक्षित र राम्रो बनाउने रहेको छ ।

चाइल्ड सेफ नेट भनेको एउटा बालबालिका तथा युवालाई  अनलाइमा सुरक्षित राख्नको लागि काम गरिरहेको संस्था हो ।

यस पटकको सुरक्षित इन्टरनेट दिवसलाई युरोपीएन आयोगले पनि साथ दिएको छ । ‘राम्रो इन्टरनेटको लागि संगसंगै’ भन्ने नारा सहित यो पटकको सुरक्षित इन्टरनेट दिवस २०२० मनाइदै छ ।