कीवर्डहरू -

३१ जनवरी देखि ३ दिनसम्म स्टार्टअप विकएण्ड हुदै

३१ जनवरी देखि ३ दिनसम्म स्टार्टअप विकएण्ड हुदै

नेपाल आन्ट्रप्रेनर्स हबको आयोजनामा ३१ जनवरी देखि फेब्रुअरी २ सम्म स्टार्टअप विकएण्ड हुने भएको छ ।

ललितपुरको हरिहरभवन स्थित द इन्ट्रान्स क्याफेमा हुने कार्यक्रम ५४ घण्टाको हुनेछ । स्टार्टअप विकएण्ड भनेको उद्यमशीलताको सुरुवाती विन्दु हो । स्टार्टअप विकएण्ड स्थानीय उद्यमशीलतामा समर्पित रहेको छ ।

५४ घण्टाको कार्यक्रममा  आइडियटर, डिजाइनर, डेभलपर, मार्केटर तथा स्टार्टअपमा इच्छा भएका उपस्थित हुनेछन् ।

यस कार्यक्रममा सहभागी हुनको लागि विद्यार्थिलाई  २२ सय ६० शुल्क तोकिएको छ भने अन्यलाई २८ सय २५ तोकिएको छ ।

यस कार्यक्रममा रजिष्ट्रेसन गर्नको लागि यहाँ क्लिक गर्नुहोस।