कीवर्डहरू -

अल्टिमो डिल - इन्जिनियरको ई-कमर्श सपना 

लाखबाट सुरु भएको कम्पनीको कारोबार दुई वर्षमै करोडौ !

अल्टिमो डिल - इन्जिनियरको ई-कमर्श सपना 

कम्प्युटर इन्जिनियरिङ गरेका ललिपुरका मनिष घिमिरेले सञ्चालनमा ल्याएको ‘अल्टिमो डील’ पछिल्लो समय लोकप्रिय अनलाइन सपिङको रुपमा उदाइरहेको छ । पसलकै दर र गुणस्तरमा अनलाइनमा सामान नपाइने एनालाइसिसपछी सन् २०१७ मा  ‘अल्टीमो डील’ को जन्म भएको थियो ।

इथनिक ड्रेसलाई पहिलो प्राथमिकतामा राखेर मनिषले अल्टिमो डिल सञ्चालनमा ल्याएका थिए । गुणस्तरिय साडी तथा लेह्याङ्गाहरुमा ग्याप देखेर केहि फरक गर्न सकिन्छ भन्ने सोचले अल्टिमो डिल अनलाइन सपिङको बजारमा नयाँ पहिचान बनाउने गरि उपस्थित भयो ।


इथनिक ड्रेसलाई पहिलो प्राथमिकतामा राखेर मनिषले अल्टिमो डिल सञ्चालनमा ल्याएका थिए । गुणस्तरिय साडी तथा लेह्याङ्गाहरुमा ग्याप देखेर केहि फरक गर्न सकिन्छ भन्ने सोचले अल्टिमो डिल अनलाइन सपिङको बजारमा नयाँ पहिचान बनाउने गरि उपस्थित भयो ।

‘अल्टीमो डील’ खोल्नु भन्दा अगाडी सन् २०१६ मा गेमिङको लागि ई कमर्स ‘कन्सोल बजार डटकम’ अनलाइन सुरु गरेका थिए मनिषले । ‘त्यो समयमा नेपालमा कन्सोलहरु अनलाइनमा उपलब्ध थिएन । केही थोरै पैसा लिएर पुरानो कन्सोलसँग नयाँ कन्सोल साटीदिने योजना ल्याए । जसको कारण बजारमा चाडै लोकप्रिय बन्यो कन्सोल बजार डटकम’ ।


त्यो कम्पनी सन् २०१६ देखि सन् २०१८ सम्म चलाएर बेचिदिए उनले । उनी भन्छन, 'अल्टीमो डिल’ खोलेपछी सुरुमा हामी लार्ज स्केलमा जान सक्दैन्थ्यौ, त्यसैले सुरुमा मार्केट एनालाइसिस गर्यो । एनालाइसिस गरेपछी हामीले साडी लेह्याङ्गाहरुमा हामीले ग्याप देखियौ । त्यो समयमा यी ‘इथनिक ड्रेस’अनलाइनमा नपाइने यसलाई ध्यानमा राखेर यहाँबाट हामीले अल्टिमो डिलको सुरुवात गरेका थियौ ।


अल्टिमो डिलको सुरुवाती दिनहरु सम्झदै मनिष भन्छन, म र मेरो साथी मिलेर थोरै पैसाको लगानीबाट नै कम्पनी सुरु गर्यौ । आफु कम्प्युटर इन्जिनियर पनि भएको नाताले वेबसाइट तथा प्राविधिक काम आफै गर्यौ । सानो कोठाबाट सुरु भएको अल्टिमो डिल अनलाइन सुरु भएको पहिलो ३ दिनमानै ५० वटा अर्डर आयो । अर्डर आयो तर हामीले पहिलो दिनमा ८ वटा पनी अर्डर डेलिभर गर्न सकेनौ ।

दुई वर्षमा नै कम्पनीको वार्षिक कारोबार करौडौ मुल्यमा भइरहेको छ । प्रडक्ट क्वालिटी, डेलिभरी सर्भिस र सपोर्टमा ध्यान दिएर काम गरेको कारण नै कम्पनीले सफलताको सिडी चढिरहेको हो ।

अर्डर गरेको सामान डेलिभर गर्न नसकेपछी हामीले तुरुन्तै रकुरियरलाई जिम्मा दियौ र केही मान्छे पनि कम्पनीमा हायर गर्यौ ।
वेबसाइटसँगै गूगल प्ले स्टोरमा ‘बेटा’ भर्सनको एप पनि  छ । अहिले हरेक दिन २० वटा बढि अर्डर हुन्छ । अल्टिमो डिममा अहिले इथनिक ड्रेससँगै चस्मा, मोबाइल ग्याजेट्स, कम्प्युटर जस्ता प्रडक्टहरु बिक्री भइरहेको छ ।

दुई वर्षमा नै कम्पनीको वार्षिक कारोबार करौडौ मुल्यमा भइरहेको छ । प्रडक्ट क्वालिटी, डेलिभरी सर्भिस र सपोर्टमा ध्यान दिएर काम गरेको कारण नै कम्पनीले सफलताको सिडी चढिरहेको हो । अहिले मनिष एक्लैले कम्पनी सञ्चालन गरिरहेका छन । अब भने केहि ठुलै रकम इन्भेष्टमेन्टको रुपमा लिएर अझ व्यवस्थित र प्रतिस्प्रधि रुपमा अघि बढ्न चाहन्छन उनि ।

\"\"
मनिषको इकमर्श अनुभवसँगै हामिले थप केहि कुरा जान्न चाहेर केहि प्रश्नहरु गरेका छौ ।


अल्टिमो डिलको सुरुवातमा बजेटको व्यवस्थापन कसरी गर्नु भयो ?
सुरुमा हामीसँग धेरै बजेट पनी थिएन् । एकलाख २० हजार रुपैयाँबाट हामीले यो सुरु गरेका हौ । यति रुपैयाँले हामीले हाम्रो कार्यालयको व्यवस्थापन गर्यो । हामी कम्प्युटर क्षेत्रबाट आएकाले वेबसाइट हामी आफैले बनायौ ।


अहिले कारोबोर कतिको गरिरहनु भएको छ ?
हामीले सन् २०१७र१८ मा करिब ७० लाख बढिको वार्षिक कारोबार गरेका थियौ । अहिले सन् २०१९ मा चाँही ढेढ करोड बढिको कारोबार भएको छ । अहिलेसम्म हामीले यसमा १२ लाख भन्दा बढी लगानी गरि सकेका छौ । अहिले अरु ठुला इकमर्श कम्पनीसँग प्रतिस्पर्धा गर्नको लागि हामीसँग ठुलो पुजी छैन् । हामीले २ देखि ५ करोडसम्मको लगानी पनि खोजिरहेका छौ ।

हामीले २ देखि ५ करोडसम्मको लगानी पनि खोजिरहेका छौ ।

यदी लगानी आयो भने प्रतिस्प्रधा दराजसँगै हो ?
दराजसँगै प्ररिस्पर्धा गर्नुपर्छ भन्ने हाम्रो मान्यता छैन् । दराज आफ्नै लेभलमा अगाडी बढीरेहेको छ । हाम्रो फोकस भनेको ग्राहकलाई सन्तुष्टी बनाउने हो । यसको लागि विभिन्न तरिकाले राम्रो इकमर्शको रुपमा स्थापित हुनेगरी काम गर्दछौ ।

इकमर्श कम्पनीको ठुलो समस्या व्यवस्थित डेलिभरी सिस्टम नहुन पनि हो, पछिल्लो समय यसमा केहि सुधार छ ?
मुख्य त डेलिभरीको नै समस्या हो । किनभने मान्छेको वास्तविक ‘लोकेसन’ हामी लिन सक्दैनौ । वास्तविक ठेगाना छैन अहिले पनि फोन गरेरै अर्डर पुर्याउनु पर्ने बाध्यता छ । गुगल म्यापको सुविधाले केहि सजिलो भइरहेको छ । डेलिभरी सर्भिस दिनेगरी नै नयाँ कम्पनीहरु पनि आइरहेका छन, यसर्थ सुधार भएको छ तर अझै सजिलो भने छैन ।

बजारमा स्टार्टअपहरुको लागि चुनौती के के छन ?
म चाँही लगानी नै चुनौती छ भन्छु । सुरुमै त हामी नाफामा जादैनौ । स्टर्टअपलाई प्रविधिमा रुपान्तरण गर्नको लागि पनि लगानी चाहियो । अर्को चुनौती भनेको पेमेन्ट ‘गेटवे’ हो । डेलिभरी सर्भिसमा पनि चुनौती छ । बजारमा क्वालिटी प्रडक्टमा पनि समस्या छ ।

अल्टीमो डीलमै ग्राहक किन आउँने ?
बाहिर बजारमा मङगंो पर्ने सामान हामीले सस्तोमा दिने गरेका छौ । विभिन्न देशका उत्पादक तथा आयातकर्तासँग सोझै कारोबार गर्ने भएकोले पनि हामि सस्तोमा गुणस्तरिय प्रडक्ट दिन्छौ । हामी काठमाडौं भित्र एक दिनमा डेलिभरी गरिदिन्छौ । काठमाडौं बाहिर हामीले कुरियरलाई जिम्मा दिएका छौ । ग्राहकको कम्प्लेन एकदमै कम छ ।