कीवर्डहरू -

भन्सार छलेर ल्याइएको ३५ लाख बराबरको मोबाइल सेट बरामद

भन्सार छलेर ल्याइएको ३५ लाख बराबरको  मोबाइल सेट बरामद

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले भन्सार छलेर ल्याइएको एकसय सात थान मोबाइल फोनका सेट बरामद गरेको छ।

प्रहरीको टोलीले विरगंजबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३४ र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७३९५ नम्बरको बस चेकजाँचका क्रममा ती मोबाइल बुधबार बरामद गरेको हो ।

प्रहरीले करिब ३५ लाख बराबर मूल्यको मोबाइल सेट बरामद गरेको छ । बरामद भएका मोबाइल फोनका सेटलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय सानोगौचरन पठाइएको प्रहरीले जनाएको छ ।

मोबाइल फोनका सेटहरु चालक बस्ने पछाडी सेतो टेपले बरेर ल्याएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।