कीवर्डहरू -

विन्डोज सेभेनको सपोर्ट बन्द , कम्प्युटरमा भाइरस तथा मालवेयरको खतरा

विन्डोज सेभेनमा कुनै बग आएपनि अब माइक्रोसफ्टले फिक्स गर्ने छैन् ।

विन्डोज सेभेनको सपोर्ट बन्द , कम्प्युटरमा भाइरस तथा मालवेयरको खतरा

माइक्रोसफ्टले विन्डोज सेभेनको सपोर्ट बन्द गरेको छ ।  यो सँगै माइक्रोसफ्टले विन्डोज सेभेनको लागि कुनै पनि सेक्युरिटी अपडेट, सफ्टवेयर अपडेट तथा टेक्निकल सपोर्ट प्रदान गर्ने छैन् ।

अब विन्डोज सेभेनमा कुनै बग आएपनि माइक्रोसफ्टले फिक्स गर्ने छैन् । विन्डोज सेभेनको सपोर्ट बन्द भएसंगै विन्डोज सेभेनमा भाइरस तथा मालवेयरको खतरा रहेको छ ।

विन्डोज सेभेनलाई विन्डोज टेनमा अपग्रेड गर्न सकिनेछ । जसको लागि तपाईको कम्प्युटरमा एक जीबी र्याम, एक गिगाहर्ज प्रोसेसर र १६ जीबी हार्ड ड्राइभ खालिको आवश्यकता पर्नेछ ।

यदि तपाई आफ्नो कम्प्युटरमा इन्टरनेट प्रयोग गर्नु हुदैन र अफलाइन कामको लागि मात्र प्रयोग गर्नु हुन्छ भने विन्डोज सेभेनलाई अपग्रेड नगरेपनि प्रयोग गर्न सकिने माइक्रोसफ्टले बताएको छ ।