कीवर्डहरू -

एक पटक एक व्यक्तीले २४ घण्टाभित्र १४,९६२ डोमेन रजिस्टर गरेका थिए !

एक पटक एक व्यक्तीले २४ घण्टाभित्र १४,९६२ डोमेन रजिस्टर गरेका थिए !

डोमेन नेमका केही रोचक तथ्य

पहिलो डटकम डोमेन रजिस्टर्ड मार्च २०१५, १९८५ मा भएको थियो । ३५ वर्षभन्दा अघि अमेरिकाको एक कम्प्युटर सिस्टम कम्पनीले सिम्बोलिक् ( symbolics.com ) डटकम दर्ता गरेको थियो ।

lasvegas.com डोमन नेम ९० मिलियन डलरमा विक्री भएको थियो । यो नै अहिलेसम्म सबैडोभन्दा धेरै रकममा विक्री हुने डोमेन हो ।
internet.com (इन्टरनेट डटकम) १ करोड ८० लाख डलरमा विक्री भएको थियो । यो डोमेन आजभन्दा १० वर्षअघि सन् २००९ मा विक्री भएको थियो ।

एक पटक माइक म्यान नाम गरेका व्यक्तिले २४ घण्टाभित्र १४,९६२ डोमेन रजिस्टर गरे । डोमेनमा यति धेरै लगानी किन गरेको भन्ने प्रश्नमा उनले भने, ‘म महत्वाकांक्षी छु । म विश्वलाई आफ्नो बनाउन चाहन्छु ।’

ccTLD अर्थात् देशका लागि रिजर्भ गर्न सकिने डोमेन नेम रजिस्ट्रेशन वर्षेनि २.६ प्रतिशतको दरले बढ्दो छ । २ ओटा लेटरमा मात्रै उपलब्ध हुने यस्तो टप लेभल डोमेन अन्तर्गत नेपालको कन्ट्री कोड .np हो

पहिलो पटक १०० ओटा डोमेन रजिस्टर हुन २ वर्ष लागेको थियो । अहिले यति नै संख्यामा डोमेन रजिस्टर केही मिलिसेकेन्डमा हुन्छ ।

प्रायः डोमेन प्रोभाइडरहरुले एक देखि १० वर्षसम्मका लागि डोमेन रजिस्टर गर्न दिन्छन् । तर ‘नेटवर्क सोलुसन्स’      नामक डोमेन प्रोभाइडरले सुरुमै सय वर्षसम्मका लागि डोमेन रजिस्टर गर्न दिन्छ ।

गो ड्याडी डटकम ( godaddy.com ) एक मात्र त्यस्तो विवादरहित डोमेन प्रोभाइडर हो, जुन आफ्ना नजिकका प्रतिस्पर्धीभन्दा ५ गुणा बढीले विश्वसनीय मानिन्छ ।

डोमेन रजिस्ट्रेशन हरेक वर्ष बढ्दो छ । यो हरेक वर्ष ६.७ मिलियनको संख्या अर्थात् २.१ प्रतिशत बढेको छ ।