महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाको विभिन्न आठ चोकमा ‘ट्राफिक बत्ती’ सञ्चालनमा ल्याएको छ ।
ट्राफिक प्रहरी महाशाखाले पुतलीसडक, पद्मोदय मोड, सिंहदरबार, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने, गौशाला र ललितपुरको महापालमा ट्राफिक लाइट सञ्चालनमा ल्याएको हो ।
लामो समयदेखि बन्द रहेका काठमाडौं उपत्यकाका ट्राफिक लाइट सञ्चालनमा आएसंगै ट्राफिक प्रहरीलाई पनि व्यवस्थापनमा सहज भएको छ । त्यसैगरी पदैलयात्रुलाई पनि बाटो काट्न सहज भएको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकालले भन्छन् “अहिले काठमाडौं उपत्यकाको ११ स्थानमा ट्राफिक बत्ती सञ्चालन गर्न सफल भएका छौं, अन्य केही स्थानमा पनि चाँडै सञ्चालनमा आउने अवस्था छ,” ।
गत पुस १५ गते बसेको मन्त्रीपरिषद बैठकले पारित गरेको ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन कार्ययोजना २०७६’ अनुसार काम भइरहेको छ ।