कीवर्डहरू -

मोबाइल एपबाटै नेपाल एयरलाइन्सको टिकट बुकिङ

मोबाइल एपबाटै नेपाल एयरलाइन्सको टिकट बुकिङ

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट बुकिङ नेपाल एयरलाइन्सकै मोबाइल एपबाट गर्न सकिने भएको छ ।

टिकट अनलाइन बुकिङ गर्नको लागि ई-सेवा र आइएमई पेबाट भुक्तानी गर्न सकिने छ । अहिले मोबाइल एप एन्ड्रोइडमा मात्र उपलब्ध रहेको र छिटै आइओएसमा पनि उपलब्ध हुने निगमले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानको टिकट पनि बुक र खरिद गर्न मिल्ने गरी काम अगाडि बढिररहेको छ । यो सेवा केही साताभित्रै सुरु गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको निगमले जनाएको छ ।

‘नेपाल एयरलाइन्स’ नाम रहेको राष्ट्रिय ध्वजावाहकको आधिकारिक मोबाइल एपबाट उडानमा हुने ढिलाइ र उडान रद्द लगायतका अन्य जरुरी सूचना पनि प्राप्त गर्न सकिनेछ ।

सुरुमा घरेलु उडानका लागि टिकट खरिद र बुकिङ गर्न सकिने भए पनि केही सातामै अन्तर्राष्ट्रिय उडानका टिकेट बुकिङ, नेपालका प्रमुख होटल तथा उडानका गन्तव्यहरुको बारेमा जानकारी दिनेगरी मोबाइल एप्लिकेशनमा काम पनि भैरहेको छ ।

नेपाल एयरलाइन्सको एन्ड्रोइड मोबाइल एप  डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।