कीवर्डहरू -

एन आइसी एशिया बैंकले एएमएल-सीएफटी सोलुसन खरिद गर्ने

एन आइसी एशिया बैंकले  एएमएल-सीएफटी सोलुसन खरिद गर्ने

एन आई सी एशिया बैंक लिमिटेड र भारतको इन्फ्रासफ्ट टेक्नोलोजी तथा नेपालको एम्नील टेक्नोलोजी बीच End to End AML (Anti Money Laundering) / CFT (Combating Terrorist Financing) Solution खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजीको तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा, एम्नील टेक्नोलोजिको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लिमिटेड र एम्नील टेक्नोलोजी प्रालि ले बैंकलाई अन्तर्राष्ट्रियस्तरको End to End AML Solution उपलब्ध गराउने र End to End AML (Anti Money Laundering) / CFT (Combating Terrorist Financing) Solution कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु (जस्तै Financial Action Task Force (FATF), Asian Pacific Group on Money Laundering (APG) etc_) ले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको छ ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको छ ।

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ ।

जस अन्तर्गत हस्ताक्षर गर्नको लागि signature pad, ल्याप्चे capture गर्नको लागि Biometric device र फोटो खिच्नको लागि camera जडान सहितको सुविधा उपलब्ध रहेको छ ।

यस प्रविधि मार्फत ग्राहक onboarding गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको AML/CFT र KYC व्यवस्थापन कार्यलाई थप टेवा पुर्याउने बैंकले विश्वास लिएको छ ।

साथै निकट भविष्यमै यस बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको रहेको छ ।

नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण (KYC)  अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको E-KYC पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण (KYC)  अद्यावधिक गर्न सक्ने व्यवस्था यस बैंकले गरेको छ ।

साथै, ग्राहक महानुभावहरुलाई यस बैंकको वेभ साइटमा रहेको E-KYC) पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण (KYC)  अद्यावधिक गर्न अनुरोध गरिएको छ ।