कीवर्डहरू -

चारवटा क्यामेरा सहित रियलमी फाइभ आई नेपालमा

चारवटा क्यामेरा सहित रियलमी फाइभ आई नेपालमा

रियलमी फाइभ आई नेपालमा सार्वजनिक भएको छ । यसमा ६.५ इन्चको एचडी प्लस आइपीएस एलसीडी डिस्प्ले रहेको छ । रियलमी फाइभ आईमा १२ मेगापक्सेल मेन क्यामेरा सहित ४ वटा रियर क्यामेरा छन् ।

यसमा सेल्फी क्यामेरा ८ मेगापिक्सेलको रहेको छ । क्वालकमको स्न्यापड्रयागन ६६५ चिपसेट रहेको यसमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । रियलमीको यस फोन ४ जीबी र्याम र ६४ जीबी रोममा उपलब्ध रहेको छ ।

एन्ड्रोइड पाईमा आधारित यसमा फिंगरप्रिन्टको पनि सुविधा रहेको छ । नेपाली बजारमा यसको मूल्य २० हजार ९ सय ९० रुपैयाँ रहेको छ ।