कीवर्डहरू -

डेढ करोड बराबरको अवैध मोबाइलसहित दुई जना पक्राउ

डेढ करोड बराबरको अवैध मोबाइलसहित दुई जना पक्राउ

नागढुंगाबाट  प्रहरीले विभिन्न कम्पनीका ६३४ थान मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलीले अनुमानित डेढ करोड बराबरको मोबाइल सहित २ जनालाई बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटी जिल्ला घर भएका अहिले काठमाडौं ३४ बस्ने ४० वर्षिय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर १  घर भएका ३५ वर्षिय ईन्द्र बहादुर कटुवाल रहेका छन् ।

प्रहरीले नागढुंगा चेक प्वाइन्टमा भैरहवाबाट काठमाण्डौतर्फ आउदै गरेको भारतीय नं प्लेट DL2CAT7017 नं को कारबाट  मोबाइल  बरामद गरेको हो ।

प्रहरीले कारभित्र एयर ब्याग रहेको स्थान, सिट, डिकी लगायत बिभिन्न स्थानहरूलाई फल्स बटमको रुपमा प्रयोग गरी सामसुङ, ओपो, साओमी, लेनोभो, हुवावे, भीभो, नोकिया लगायत विभिन्न १८ वटा ब्राण्डका ६३४ वटा मोबाईल बिल भर्पाई नभएको अवस्थामा बरामद गरेको हो ।

मोवाईलको साथमा एलसीडी तथा टच स्क्रीन ८६ थान समेत बरामद भएको छ ।