कीवर्डहरू -

हिजोदेखि वीरगंजमा क्यान इन्फोटेक सुरु, इन्फोटेक ५ दिनसम्म चल्ने

हिजोदेखि वीरगंजमा क्यान इन्फोटेक सुरु, इन्फोटेक ५ दिनसम्म चल्ने

माघ ९ गते देखि वीरगंजमा प्रदेश स्तरीय क्यान इन्फोटेक सुरु भएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलाको उद्घाटन पूर्व राष्ट्रपति डा राम बरण यादबले रोबोटको सहायताबाट रिबन काटेर  गरेका हुन् ।

क्यान महासंघ प्रदेश २ को संयोजन तथा क्यान महासंघको संरक्षणमा माघ ९ गते देखि १३ गते सम्म दोश्रो प्रदेश स्तरिय क्यान इन्फोटेक २०२० वीरगंजको नगर सभागृह टाउन हल सञ्चालन हुनेछ ।

नेपालमा रहेर सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरुको कुम्भ मेला पनि भनिने क्यान इन्फोटेक वीरगंजमा यस पटक आइटी संग सम्बन्धित विभिन्न ६० भन्दा बढी स्टल रहेका छन् ।

पाँच दिन सम्म चल्ने क्यान इन्फोटेक २०२० वीरगंजमा हरेक दिन विभिन्न विषयमा जानकारी मुलक सेमिनार, अभिमुखीकरण, प्यानल छलफल र प्रदर्शनी समेत हुने आयोजकले जानकारी दिएको छ ।

वीरगंजको क्यान इन्फोटेकमा कम्प्युटर, सफ्टवेयर, मोबाइल फोन, आइटी कलेज, रोबोटिक्स, ड्रोन, एन्टीभाइरस, आइटी म्युजियम, आइसीटी छात्रवृती, विभिन्न छुटमा उपकरण लगायतका आकर्षन रहेका छन् ।