कीवर्डहरू -

एपीएफ क्लबलाई एनआइसी एसियाले प्रदान गर्यो पुरस्कार

एपीएफ क्लबलाई एनआइसी एसियाले प्रदान गर्यो पुरस्कार

एन आई सी एशिया बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबबाट ‘१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता २०७६’ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार रुपैयाँ बराबरको रकम प्रदान गरेको छ ।

उक्त सहयोग रकमको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलैन्द खनालको प्रमुख अतिथ्यता रहेको थियो ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब  ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको छ ।

बैंकले मुलुकभर ३१३ शाखा, ४३० एटीएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ मार्फत् सेवा प्रदान गरिरहेको छ ।