६८ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले मोबाइल एपबाटै भन्सार जाँचपास गर्न सकिने मोबाइल एप सार्वजनिक गरेको छ ।
उक्त आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ‘नेपाल कस्टम क्लेरेन्स’ नामको मोबाइल एप सार्वजनिक गरेका हुन् ।
घरमै बसेर भन्सार जाँचपास गर्न सकिने मोबाइल एप अहिलेलाई एन्ड्रोइड प्लाटफर्ममा मात्र उपलब्ध रहेको छ ।