कीवर्डहरू -

जिओलाई टक्टर दिदै वाईफाई डब्बा, २ रुपैयाँमै १ जीबी डेटा दिने

जिओलाई टक्टर दिदै  वाईफाई डब्बा, २ रुपैयाँमै १ जीबी डेटा दिने

एजेन्सी। भारतमा जिओलाई टक्कर दिनको लागि  ‘वाईफाई डब्बा’ नयाँ प्लान लिएर बजारमा उपस्थित भएको छ । भारतमा बजारमा जिओ सस्तो डेटा प्रदान गर्ने टेलिकम कम्पनीको रुपमा परिचित छ ।

ब्याङलोरमा रहेको वाईफाई डब्बाले सन् २०१७ देखि नै आफ्नो सेवा दिइरहेको छ । वाईफाई डब्बाको उदेश्य भनेको सस्तो मूल्यमा ग्राहकलाई हाई स्पीड इन्टरनेट प्रदान गर्ने रहेको छ ।

थर्डपार्टी हार्डवेयर, सफ्टवेयर र नेटवर्क पुर्वाधारले गर्दा इन्टरनेट महंगो पर्न जान्छ । तर वाईफाई डब्बाले थर्डपार्टी हार्डवेयर, सफ्टवेयर र नेटवर्क पुर्वाधारको प्रयोग गर्दैन् ।

यस कम्पनीको साथमा आफ्नै हार्डवेयर, सफ्टवेयर र नेटवर्क पुर्वाधार रहेको छ । वाईफाई डब्बाले अहिले तीनवटा प्लान सार्वजनिक गरेको छ ।

जसमा ग्राहकले २ रुपैयाँमा १ जीबी डेटा, १० रुपैयाँमा ५ जीबी डेटा र २० रुपैयाँमा १० जीबी डेटा प्राप्त गर्ने छन् । यी तीनवटै डेटाको मान्य अवधि २४ घण्टाको रहेको छ ।

यसको लागि कुनै सदस्यता शुल्क पनि तिर्नु पर्दैन । वाईफाई डब्बाको सेवा अहिले ब्याङलोरमा मात्रै उपलब्ध रहेको छ । अन्य ठाउँमा पनि माग अनुसार सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।