कीवर्डहरू -

‘अनलाइन मार्केटिङ’ मार्फत् समान पठाउने भन्दै ठगी गर्ने ४ जना पक्राउ

‘अनलाइन मार्केटिङ’ मार्फत् समान पठाउने भन्दै ठगी गर्ने ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साले फेसबुक, ह्वाट्स एप, ट्वीटर तथा म्यासेन्जर जस्ता सामाजिक सञ्जालहरुबाट क्लब फ्याक्ट्री अनलाइन सपिङ एप खोली ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा गढीमाई घर भई वीरगंज महानगरपालिका १५ बस्ने २९ वर्षिय रोशन सिंह, २१ वर्षिय विशाल सिंह, भारत घर भई वीरगंज महानगरपालिका १५ बस्ने २६ वर्षिय सबिक भक्त र वीरगंज महानगरपालिका १५ बस्ने १८ वर्षिय फारुख आलम रहेका छन् ।

उनिहरुले अनलाइनमा कम मूल्यमा एप्पल कम्पनीका मोबाइल पठाइदिने तथा अमेरिका, क्यान्डा र सिंगापुर लगायत विभिन्न देशहरुको भिसा समेत मगाइदिने जस्ता झुठ्ठा आश्वासन दिई ठगी गर्ने गरेका थिए ।

नक्कली नागरिकताको प्रयोग गरी विभिन्न बैंकहरुमा खाता खोली सोही खातामा रकम मगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ  ।