कीवर्डहरू -

वीरगञ्जमा क्यान ईन्फोटेक २०२० भव्यताको साथ सम्पन्न

क्यान ईन्फोटेक २०२० को अन्तिम दिन सोमबारसम्म करिब ४५ हजारभन्दा बढीले अवलोकन गरे

वीरगञ्जमा क्यान ईन्फोटेक २०२०  भव्यताको साथ सम्पन्न

नेपालमा सुचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० सम्पन्न भएको छ । गत माघ ९ गतेबाट आयोजना भएको क्यान ईन्फोटेक २०२० को अन्तिम दिन सोमबारसम्म करिब ४५ हजारभन्दा बढीले अवलोकन गरे ।

गत माघ ९ गतेबाट आयोजना भएको क्यान ईन्फोटेक २०२० को अन्तिम दिन सोमबारसम्म करिब ४५ हजारभन्दा बढीले अवलोकन गरे ।


क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहको सभापतित्वमा भएको समापन समारोहमा वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा क्यान महासंघ का पुर्व सचिव तथा एलबिईएफ कलेजका निर्देशक पंकज जलान, क्यान महासंघ प्रदेश २ का अध्यक्ष आलोक चौरसिया, क्यान पर्साका उपाध्यक्ष प्रशान्त कुमार, क्यान पर्साका सचिव जिवन प्रकाश गुप्ता, क्यान पर्साका सहसचिव गणेश सर्राफ, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, सिटिजन्स् बैक प्रदेश २ का प्रमुख दिवश सिंह ठकुरी, प्रभु पेका विजय अधिकारी लगायतकाको उपस्थिती रहेको थियो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी डा। दिपक शाक्ले सुचना प्रविधी क्षेत्रको विकासमा क्यानले पुर्याको योग्दानको प्रशंसा गरेका थिए । वीरगञ्जका लागि बिल्कुलै नयाँ परिवेशको कार्यक्रम भएको हुनाले यहाँका युवाहरु यसतर्फ आकर्षित हुनुपर्ने ठाउँमा नभएको भन्दै दुखः व्यक्त गरे । यस्ता कार्यक्रमलाई भविष्यमा निरन्रता दिई रहन क्यान पर्सालाई उनले आग्रह गरेका थिए ।

\"\"

५ दिनसम्म चलेको क्यान ईन्फोटेक २०२० मा सुचना प्रविधीसँग सम्बन्धीत करिब ६० भन्दा बढी स्टल राखिएका थिए । आइटि क्षेत्रमा भविष्य बनाउन चाह्नेहरुका लागि क्यान ईन्फोटेक पछिल्लो समय अध्ययन स्थलका रुपमा स्थापित भएको थियो ।


यसैबिच वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईले युवाहरुको सक्रियतामा युवाहरुका लागि आयोजना भएको क्यान ईन्फोटेक सफल भएको भन्दै शुभकामना व्यक्त गरेका हुन् । उनले यस्ता कार्यक्रम तथा समारोहले विधार्थीहरुको क्षमता विकासमा ठुलो याग्दान पुर्याएको बताए ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरुले अधिराज्यभरि छरिएर रहेका सुचना प्रविधीका विज्ञ, जनशक्ति तथा संघसंस्थाको उत्थान तथा विकासका लागि निरन्तर सक्रिय रहन क्यानलाई वक्ताहरुले आग्रह गरेका थिए । क्यान ईन्फोटेक प्रदेश २ तथा वीरगञ्जका लागि बिल्कुलै नयाँ परिवेशको कार्यक्रम भएका हुनाले यसलाई निरन्तरता दिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।


मन्तव्य व्यक्त गर्दै क्यान महासंघ पर्साका अध्यक्ष दिपक शाहले क्यान ईन्फोटेक आयोजनामा साथ दिने सबैमा धन्यवाद व्यक्त गरेका थिए । देशको आर्थिक राजधानीका रुपमा रहेको वीरगञ्जलाई आउने दिनहरुमा आईटि हबका रुपमा पनि चिनियोस् भन्ने अभिप्रायले क्यान ईन्फोटेक आयोजना उनको भनाई छ ।


५ दिनसम्म चलेको क्यान ईन्फोटेक २०२० मा सुचना प्रविधीसँग सम्बन्धीत करिब ६० भन्दा बढी स्टल राखिएका थिए । आइटि क्षेत्रमा भविष्य बनाउन चाह्नेहरुका लागि क्यान ईन्फोटेक पछिल्लो समय अध्ययन स्थलका रुपमा स्थापित भएको थियो ।