कीवर्डहरू -

गृहिणीलाइ स्वरोजगार बनाउने \'फुडमारियो\', जसले मेटाउछ घरको स्वाद

गृहिणीलाइ स्वरोजगार बनाउने \'फुडमारियो\', जसले मेटाउछ घरको स्वाद

‘फुडमारियो’ले खानेकुरा वितरण सेवा सुरु भएको डेढ वर्ष भयो । इन्जिनियरिङ पढेका रोहित तिवारीले यो सेवा सुरु गरेका हुन् । ‘इन्जिनियरिङ पढ्दापढ्दै क्यान्टिन र खाजा पसलमा चामल बेच्नेदेखि सबै काम गरिन्थ्यो,’ उनले भने, ‘त्यही बेलादेखि केही न केही गर्नुपर्छ भन्ने थियो । धेरै कम्पनी सुरु गरेर काम पनि गरेँ । ती कम्पनी बन्द भए । त्यसपछि सुरु भयो, फुडमारियो ।’ खानेकुराको बजार एकदमै राम्रो भएको देखेपछि यही क्षेत्रमा केही गर्ने उनको धोको थियो । फुडमारियोले हाल काठमाडौं उपत्यकामा खानेकुरा वितरण गरिरहेको छ ।


फुडमारियोमा अहिले २५ जना कर्मचारी छन् । फुडमारियोमार्फत जसले पनि घरमा खानेकुुरा बनाएर बेच्न पाउँछ। ‘सुरुमा घरमा सजिलैसँग पाक्ने कुराहरू फ्राइड राइस, पराठाजस्ता कुराबाट सुरु गरेका थियौँ,’ सञ्चालक तिवारीले भने, ‘अहिले रेस्टुरेन्टमा पाइने पिज्जा, बर्गरदेखि घरको टिपिकल खानेकुरा दालभात तरकारी, फापरको रोटी, गाजरको हलुवा सबै पाइन्छ ।’

\"\"

फुडमारियोमा अहिले २५ जना कर्मचारी छन् । फुडमारियोमार्फत जसले पनि घरमा खानेकुुरा बनाएर बेच्न पाउँछ। फुडमारियोमा ८० प्रतिशत गृहिणी आबद्ध छन् ।


फुडमारियोमा ८० प्रतिशत गृहिणी आबद्ध छन् । ‘हामीलाई याद नभएको हुन सक्छ, हाम्रो घरमै धेरै राम्रा सेफ हुन्छन्,’ तिवारीले भने, ‘हाम्रो माध्यमबाट जो कोही पनि घरमै सेफ बनेर आफूले जानेको परिकार बनाएर बेच्न सक्छन् । त्यसको लागि हाम्रो मोबाइल एप्लिकेसन डाउनलोड गरेर त्यसमा आफूले बनाएको खानेकुराको फोटो र त्यसको मूल्य हालेपछि सर्भिसका लागि तयार हुन्छ ।’


सेवाबापत फुडमारियोले २० देखि ३० प्रतिशत कुकसँग लिन्छ भने बाँकी पैसा कुकले हरेक १५–१५ दिनमा पाउँछन् । डेलिभरीको काम फुडमारियो आफैँले गर्छ । ‘हामीले ग्राहकसँग डेलिभरी चार्ज लिने गरेका छैनौँ,’ रोहितले भने, ‘त्यस्तै हामीले मिनिमम अर्डर पनि राखेका छैनौँ । एक पटकमा १ सय ५० रुपैयाँको चिकेन करी पनि मगाउन सकिन्छ ।’

बैंकिङ क्षेत्रका कर्मचारी, सरकारी जागिरेदेखि विद्यार्थी सबैलाई फुडमारियो आफ्नो ग्राहक मान्छ । ‘हामीले दिनहुँ चार सयदेखि ४ सय ५० अर्डर लिने गरेका छाँै,’ तिवारीले भने, ‘घरको खाना स्वास्थ्यकर हुने भएकाले हाम्रो सेवालाई धेरैले मन पराएका छन् । कहिलेकाहीँ स्वादमा केही तलमाथि हुन्छ । घरमा रेस्टुरेन्टमा पाइनेजस्तो खाना पकाउने उपकरण हुँदैन ।