कीवर्डहरू -

सात कक्षामा पढ्ने विद्यार्थीले ड्रोन बनाएर उडाए

सात कक्षामा पढ्ने विद्यार्थीले  ड्रोन बनाएर उडाए

काँडाघारी स्थित अक्षरा स्कुलमा कक्षा सातमा अध्ययनरत केल्भिन संग्रौलाले ड्रोनको निर्माण गरेका छन् । उनले अक्षर स्कुलको शैक्षिक प्रदर्शनीमा आफु एक्लैले तयार गरेको ड्रोन् उडाएर देखाएका हुन् । नेपालमा धेरै किसिमका ड्रोन उपलब्ध भएता पनि उनले तयार गरेको ड्रोनको नाम भने 'क्वाट कप्टर' हो । उनले तीन महिना लगाएर यो ड्रोन बनाएका हुन् ।

बिशेषगरि यसको प्रयोग फोटोग्राफीका लागि हुने गर्छ । । कलेज स्तरका बिद्यार्थीहरुले यस अघि नै ड्रोन् निर्माण गरेर सफल परिक्षण गरे पनि नेपालमा कक्षा सातको बिद्यार्थीले ड्रोनको निर्माण गरेको यो पहिलो घटना भएको अक्षरा स्कुलले दाबि गरेको छ ।

बिद्यार्थीमा भएको प्रतिभाको उजागर गर्ने तथा कक्षामा सिकेका कुरा ब्यबहारमा उतार्न शैक्षिक प्रदर्शनी आयोजना गरिएको बिद्ध्यालय संचालक समितिका अध्यक्ष राधेश्याम खड्काले बताए । शैक्षिक प्रदर्शनीमा सहभागी  बिद्यार्थीहरुले शैक्षिक जानकारी प्रदान गर्ने बिभिन्न स्टलहरु राखेका थिए ।

प्रदर्शनीमा बिज्ञान,नेपाली,इतिहास,भूगोल लगायत कम्प्युटर,मोबाइल तथा सफ्टवेयर गरेर ६० वटा स्टलहरु राखिएको स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले जानकारी दिईन ।

(नयाँ पत्रिका)