लाभाले नेपालमा बेन्को भि सेभेन सार्वजनिक गरेको छ । यसमा ६.१ इन्चको एचडी डिस्प्ले रहेको छ ।
लाभाको यो फोनमा पछाडिको क्यामेरा ८ मेगापिक्सेल र अगाडीको क्यामेरा ५ मेगापिक्सेलको राखिएको छ ।
लाभा बेन्को भि सेभेन २ जिबी र्याम र १६ जिबी स्टोरेजको साथमा उपलब्ध छ । चारहजार एमएएचको ब्याट्रि रहेको यसको मूल्य नेपाली बजारमा ९ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।