कीवर्डहरू -

महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंक बीच आरटीजिएस प्रणालीसँग सम्बन्धीत समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंक बीच आरटीजिएस  प्रणालीसँग सम्बन्धीत समझदारी पत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकसँग माघ १३ गते आरटीजिएस (RTGS) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौता रियल टाइम ग्रस सेट्लमेन्ट (आरटीजिएस) बाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुने हुदा बैंकको भुक्तानी प्रणालीमा थप सहजता आउने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट भुक्तानी प्रणली विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका हुन् ।

देशका १०२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आधुनिक प्रविधिमा आधारित भई अनलाइन बैंकिङ, एटिएम, क्युआर पेमेन्ट, मोबाईल बैकिङ लगायतका सेवाहरु उपलब्ध गराउदै आइरहेको छ ।