कीवर्डहरू -

सन् २०१९ मा ओपोले सार्वजनिक गरेका केही प्रविधि

आउने तीन बर्षमा ओपोले ७ बिलियन यूएस डलर कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि आरएण्डडीमा खर्चने छ ।

सन् २०१९ मा ओपोले सार्वजनिक गरेका केही प्रविधि

सन् २०१९ को समाप्तिसंगै हामी भरखरै २०२० मा प्रवेश गरेका छौँ । २०१९ प्राविधिक विकासका  लागि निकै सफल बर्ष रह्यो ।

सो बर्षमा ओपोले विभिन्न क्रान्तिकारी प्रविधिहरु सार्वजनिक गर्नुका साथै, एआई र फाइभजी लगायत उदयीमान प्रविधि सम्बन्धि विभिन्न रणनीति समेत घोषणा गरेको छ ।

सन् २०१९ मा आपोद्वारा सार्वजनिक गरिएका केही प्रविधिहरु

फेब्रुअरी २०१९ - टेनएक्स हाइब्रिड जुम फोटोग्राफी

\"\"

सन् २०१९ को सुरुवातमै सार्वजनिक गरिएको नवप्रबर्तनात्मक टेनएक्स लसलेस जुम प्रविधिले ओपोको प्रतिष्ठा मोबाइल उपकरण नवप्रबर्तकका रुपमा अझ माथि उठाइदिएको छ ।

टेनएक्स हाइब्रिड जुम सहितको फोन साथमा हुँदा ब्यवसायिक फोन आफ्नो साथमा भएको झैँ अनुभव हुन्छ ।

मानिसहरुलाई संसारमा निहित सम्भावना तथा तिनका वरपर रहेका सुन्दरता अनुभव गराउन ओपो हरपल तत्पर छ ।

टेनएक्स हाइसब्रड जुम जस्ता फोटोग्राफिक तथा सिनेमाटोग्राफिक विकासका माध्यमबाट सबैलाई कला निर्माण तथा सुन्दरता कैद गर्न दैनिक अवसर प्रदान गर्ने ओपोको उद्देश्य प्राप्तिको अझ नजिक भएको छ ।

मे २०१९ - यूरोपियली बजारमा पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोन

\"\"

सन् २०१९ को मे महिनामा सार्वजनिक भएसंगै ओपो रेनो फाइभजी यूरोपियली बजारमा भित्रिएको पहिलो ब्यवसायिक फाइभजी स्मार्टफोनका रुपमा स्थापित भयो ।

स्विसकमसंग सहकार्य गर्दै रेनो फाइभजीको स्ट्जिरल्याण्डमा विक्रि आरम्भ गरिएसंगै विश्वभरका थप बजारमा यो फोन उपलब्ध गरिएको थियो ।

फाइभजी नेटवर्क क्षमताका साथै रेनो सिरिजले लुकाइएको फ्रण्ट फेसिङ क्यामेरा सहितको फुल पानोरामिक स्क्रिन, नवप्रबर्तनात्मक पिभोट राइजिङ क्यामेरा, टेनएक्स हाइब्रिड जुम सहितको तीन ओटा लेन्स सहित रियर क्यामेरा तथा सर्वोत्कृष्ट हार्डवेयर लगायत अत्याधुनिक प्रविधिहरु मार्फत उत्कृष्ट प्रयोग अनुभव प्रदान गरेको छ ।

सेप्टेम्बर २०१९ - सुपरभोक २.० फ्ल्याश चार्जिङ

\"\"

भोक फ्ल्याश चार्जिङले स्मार्ट उपकरण चार्जिङ प्रविधिलाई अझ अगाडी लानुका साथै, औद्योगिक मानकलाई समेत निरन्तर चुनौती प्रस्तुत गर्दै आइरहेको छ ।

२०१९ मा ओपोले भोक फ्ल्याश चार्जिङ प्रणालीका विभिन्न संस्करणहरु पनि सार्वजनिक गरिसकेको छ ।

ती मध्यपनि मात्र ३० मिनेटको समयमा ४ हजार एमएएच क्षमताको ब्याट्रीलाई पूर्णतः चार्ज गर्न सक्ने, ओपो रेनो एस मार्फत उपलब्ध गरिएको सुपरभोक २.० प्रविधिलाई अहिले पनि विश्वकै उन्नत चार्जिङ समाधानका रुपमा लिइन्छ ।

ओपोको चार्जिङ प्रविधि निरन्तररुपमा परिस्कृत हुँदै आइरहेको छ र यसको थप विकसित रुप सन् २०२० मा पनि आउँदै गर्ने निश्चित छ ।

डिसेम्बर २०१९ - फाइभजी उपकरण ईकोसिस्टम

\"\"

ओपो ईन्नो डे २०१९ मार्फत ओपोले नवप्रबर्तनात्मक फाइभजी उपकरण ईकोसिस्टमको घोषणा गर्यो । यसले मानवतालाई ईन्टेलिजेन्ट कनेक्टिभिटीको नयाँ यूगमा लान थप योगदान पुर्याएको छ ।

आउने तीन बर्षमा ओपोले ७ बिलियन यूएस डलर कोर हार्डवेयर, सफ्टवेयर र फाइभजी प्रणाली प्रविधिको विकासका लागि आरएण्डडीमा खर्चने छ ।