कीवर्डहरू -

फेसबुक म्यासेन्जर जस्ता एपबाट ई-सेवामा पैसा चाहियो भनेर म्यासेज आयो ? याद गर्नुहोस, ठगिनु होला

फेसबुक म्यासेन्जर जस्ता एपबाट ई-सेवामा पैसा चाहियो भनेर म्यासेज आयो ? याद गर्नुहोस, ठगिनु होला

फेसबुक म्यासेन्जर जस्ता एपबाट ई-सेवामा पैसा राखिदिनु पर्यो भनेर तपाईलाई म्यासेज आएको छ ।

यदि त्यसो हो भने पैसा पठाउनु अगाडी विचार गर्नुहोस ! त्यो अकाउन्ट ह्याक गरेर कसैले म्यासेज पठाएको समेत हुन सक्छ ।

‘मलाई ई-सेवाको आइडीमा पैसा चाहियो ई-सेवाको यो आईडीमा तुरुन्तै पैसा राखिदिनु पर्यो । म भोलि फिर्ता गर्छु’ ।

यदि यस्तो म्यासेज आयो भने उक्त ई-सेवा आइडीको नम्बरमा एकपटक फोन गरेर सुनिश्चित गरी मात्रै पैसा पठाउन ई-सेवाले आग्रह गरेको छ ।