कीवर्डहरू -

यसरी घरमै बसेर काट्नुहोस शहिद गंगालाल अस्पतालको टिकट !

सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ ।

यसरी घरमै बसेर काट्नुहोस शहिद गंगालाल अस्पतालको टिकट !

अब घरमै बसेर शहिद गंगालाल अस्पतालको टिकट प्रभु पेबाट काट्न सकिने भएको छ ।

२४ औं बार्षिकोत्सवको अवसरमा यो सेवा सुरु भए सँगै अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

मेडीफ्लो सोलुसनले प्रभु पे मोबाइल एप मार्फत घरमै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो ।

मेडीफ्लोका सिओओ सुरेन्द्र न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल वालेट सँगको सहकार्यमा सुरु गरेको हो ।

यो सेवा प्रयोग गर्नको लागि प्रभु पेको मोबाइल एप डाउनलोड गर्नु पर्ने हुन्छ । प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ।

त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ । हस्पिटल बटन भित्र प्रवेश गरेपछि शहिद गंगालाल अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ ।

शहिद गंगालाल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ । त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने ।

त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ । उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ ।

सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोबाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ । अस्पतालले हाललाई जनरल ओपिडी तथा पेइङ क्लिनिक दुबै टिकट काट्नका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ ।

यसका साथै अस्पतालले अस्पतालमा एटिम मेसिन जस्तै ‘किओस्क ( KIOSK ) मेसिन’ बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ ।